डिलिट भएको एसएमएसलाई फिर्ता ल्याउने भए…

२०७४ मंसिर १८ गते, सोमबार

काठमाडाैं, १८ मंसिर । यदि तपाईंले भुलवस कुनै महत्वपूर्ण एसएमएस मोबाइलबाट डिलिट गर्नुभयो भने आत्तिहाल्नु पर्दैन । त्यसलाई फिर्ता पाउन पनि सक्नुहुन्छ ।
एन्ड्रोइड स्मार्टफोनमा एक पटक डिलिट भएको एसएमएस फिर्ता गर्न सक्ने सुविधा छ । यसको सतप्रतिशत ग्यारेन्टी भने हुँदैन । तर प्रयास गर्दैमा के जान्छ ? कम्प्युटरमा कुनै पनि फाइल डिलिट गर्दा त्यो एउटा ट्र्यासमा गएर बस्छ ।
ठिक त्यही हुन्छ स्मार्टफोनमा पनि । तपाइले डिलिट गरेको डाटा छोटो समयका लागि फोनभित्रै सुरक्षित हुन्छ । डाटा रिकभरी सफ्टवेयरको प्रयोगबाट तपाईं यसलाई फिर्ता ल्याउन सक्नुहुन्छ ।
यसका लागि एन्ड्रोइड डाटा रिकभरी, डा. फोन जस्ता एपहरु तपाईंलाई काम लाग्न सक्छन् । कानूनअनुसार सबै फोन कम्पनीहरुले तपाईको मोबाइलको म्यासेज स्टोर गर्नु आवश्यक हुन्छ । प्रहरी वा कुनै कानूनी निकायले मागेको खण्डमा कम्पनीहरुले यस्तो जानकारी दिनैपर्छ ।
त्यसैले तपाईंलाई अति आवश्यक कुनै म्यासेज छ भने त्यसलाई फोन कम्पनिमार्फत पनि माग्न सकिन्छ । तर यसका लागि तपाईले केहि कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
त्यसो त तपाईंको फोनका लागि एसएमएस ब्याकअपको पनि एउटा एप छ । यसलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु