डिभीको नतिजा सार्वजनिक

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौं, २२ वैशाख। अमेरिकी डाईभर्सिटी भिसा अर्थात इडिभी २०१७ को नतिजा सार्वजनिक भएको छ । सन् २०१५ को अक्टोबर १ तारिखदेखि नोभेम्बर ३ तारिखसम्म इडिभी प्रोग्राममा सहभागी हुनेहरुले भरेको डिभी चिठ्ठाको नतिजा गएराति सार्वजनिक भएको हो ।
डिभी चिठ्ठाको नतिजा हेर्न वेबपेज ‘डिभीलटरी डट स्टेट डट गर्भरमेन्ट’मा गएर कन्फरमेसन नम्बर र जन्म मिति हालेर हेर्न सकिन्छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । दूतावासले भिषा वा अन्तर्वार्ताका लागि भनेर कसैसँग पनि अग्रिम शुल्क नलिने स्पष्ट पारेको छ । कसैले डिभी परेको छ, रकम जम्मा गर्नु भनेर इमेल वा फोन गरेमा त्यसमा नफस्न समेत सबैलाई दुताबासले सचेत गराएको छ । यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ । अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार