डिप्रेसनका रोगी खोज्न स्वास्थ्यकर्मीलाई तालिम

२०७१ बैशाख ५ गते, शुक्रबार


काठमाडौं । सरकारले डिप्रेसन अर्थात् दिक्दारी रागलाई गाउँबाटै नियन्त्रणमा लिने तयारी गरेको छ । त्यसका लागि स्थानीय स्वास्थ्यचौकी तथा उपस्वास्थ्य चौकीका प्रमुख (अहेब)लाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिई नियन्त्रण गर्ने योजना अघि सारेको छ ।डिप्रेसन प्रारम्भिक चरणमै पत्ता लागेर उचित उपचार भए छोटो समयमा सजिलै निको हुने चिकित्कसहरुले बताएक छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका तीन हजार नौ सय १५ गाविसका स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रका प्याराडिक्स (हेल्थ असिस्टेन्ट, अनमी, नर्स) लागयतलाई तालिम दिने तयारी गरेको हो । यद्यपि पहिलो चरणमा पाँच सय गाविसमा सो कार्यक्रम लागू गर्ने तयारी स्वास्थ्य सेवा विभागको छ ।
पछिल्ला वर्षमा विश्वव्यापी रुपमा फैलँदै गएको डिप्रेसनबाट नेपालमा पनि कुल जनसंख्याको १० प्रतिशत अर्थात २६ लाखजना प्रभावित भएको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । यो संख्या सहरमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी भएको उसले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु