डिएसपी सिंहलाई कारबाही गर्न मानवअधिकार आयोगको परिपत्र

२०७६ बैशाख १० गते, मंगलवार

काठमाडौं, ९ वैशाख । राष्ट्रिय मानव अधिकार अयोगले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी रमेशबहादुर सिंहमाथी आवश्यक छानबिन गरी तत्काल कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । आयोग नेपालगन्ज शाखा कार्यालयको संरक्षणमा बसेका एक व्यक्तिलाई गिरफ्तार गर्न सिंहको कमाण्डमा गएको प्रहरीले आईतबार राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति गम्भीर हुँदै आयोगले सोमबार यस्तो परिपत्र गरेको हो ।
आयोगको संरक्षणमा रहेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पत्राचार समेत गरेको छ । विष्फोटक पदार्थ मुद्दाको आरोपमा गिरफ्तार भएका हुम्ला जिल्ला ओदानचुली नगरपालिका घरभई बाँकेको कोहलपुर नपा– ११ एकतानगर बस्दै आएका ३५ वर्षीय दानबहादुर फडेरालाई जिल्ला अदालतले आईतबार साधारण तारेखमा रिहा गरेको थियो ।
रिहा लगत्तै पुनः गिरफ्तारीमा पर्ने डरले आयोको कार्यालयमा शरण लिन पुगेका फडेरालाई राती इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको कमाण्डमा पुगेको प्रहरी टोलीले अनाधिकृत रूपमा आयोगमा प्रवेशको प्रयास गर्दै आयोगका सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएको घटनाप्रति बाँकेका मानव अधिकारकर्मीको ध्यानाकर्षण भएको आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाँईले बताए ।
ध्यानाकर्षण पत्रमामा मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि पेरिस सिद्धान्त बमोजिम स्थापना भएको संवैधानिक र स्वायत्त निकाय राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय नेपालगन्जमा कार्यालयको वरिपरी सुरक्षाकर्मीले अनावश्यक घेराबन्दी गरिरहेको घटनाले गम्भीर बनाएको उल्लेख गरिएको छ ।
नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, आयोगका प्रमुख चन्द्रकान्त चापागाई, नेपालगन्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष मो अयुब सिद्दीकी, इन्सेक प्रदेश ५ कार्यालयका संयोजक भोला महत, एडभोकेसी फोरमका संयोजक बसन्त गौतमलगायतले घटनाको विरोध गरेका हुन् । आइतबार अदालतबाट रिहा भए लगत्तै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्जस्थित प्रदेश शाखा कार्यालय पुगेका थिए । आयोगको संरक्षणमा रहेका फडेरालाई बाँके प्रहरीले आईतबार रातीसम्मै आयोगको कार्यालय घेराउ गरेको थियो ।
अदालत परिसरमै पक्राउ गर्न लागेको खबर पाए लगत्तै आयोगको टोलीले अनुगमन गरेको आयोगका नेपालगन्ज शाखा प्रमुख चापागाईले बताए । उनले भने ‘फडेरालाई पक्राउ गर्ने भन्दै प्रहरीले बाहिर आयोग घेरिरहेको छ ।’ आयोग नै यसरी प्रहरीको घेराउ पर्नु सकारात्मक नभएको भन्दै चापागाईले भने ‘यस बिषयमा बाँकेका प्रहरी प्रमुखालई जानकारी गराएको छु । यता बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेललाई यस बिषयमा बुझ्न टेलिफोन गर्दा एसपी पौडेलसँग सम्पर्क हुन सकेको छैन् ।
यता ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमशेबहादुर सिंहले अपराधीलाई आयोगले लुकाएर राख्न नपाउने बताएका छन् । उसलाई प्रहरीले जसरी पनि समाउँछ डिएसपी सिंहले भने ‘तर, आयोग कार्यालय भएको क्षेत्र आफनो कार्यक्षेत्रमा नपर्ने भएकोले म त्यहाँ गएको छैन् ।’
स्मरण होस् डिएसपी सिंहले यसअघि एक नावालकलाई गोली हानेको आरोप खेपिरहेका छन् । भने उनी प्रहरीको बर्दिमा डनका संरक्षण भएको नागरिक समाजका अगुुवा बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार