डा. भट्टराईको ट्वीट : कुछ तो शरम करो यारो

२०७६ चैत्र ५ गते, बुधबार

काठमाडाैँ, ५ चैत । संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश नं २ को नाम जानकी प्रस्ताव गरेकेमा सत्तारुढ नेकपामाथि ब्यग्य प्रहार गरेका छन् । उनले ट्वीटर ह्याण्डल मार्फत कुनै मिथकिय धार्मिक पात्रको नाममा प्रदेशको नाम एउटा कम्युनिष्टले कसरी गर्न सक्छ भन्दै ब्यग्य गरेका हुन् । साथै उनले राष्ट्रिय जातिय पहिचानको हिशाबले मधेश, भाषिक हिशाबले मिथिला भोजपुरा राख्नु पर्नेमा जानकी नामाकरण गर्न सत्तारुढ दलले प्रदेश सभामा प्रस्ताव गरे पछि बाबुरामले माक्र्स, ऐगेल्स, लेनिन र माओ जीवित भएको भए के भन्दा हुन भनेर प्रश्न गरेका छन् ।
साथै उनले पूर्व माओवादी नेताहरु मातृका यादव, प्रभु शाह लगायतको नामै किटेर हिन्दीमा अर्को ट्वीट गर्दै कुछ तो शरम करो यारो लेखेर सुझाव दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु