डा. डीआर उपध्यायको ‘लट्ठै बनायो‘’ सार्वजनिक

२०७५ मंसिर १७ गते, सोमबार

काठमाडौं, १७ मंसिर । डा. डीआर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर, सङ्गीत रहेको निकै राम्रो गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ । शाहस शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो डीआर म्युजिक युट्यु मार्फत सार्वजनिक गरिएको हो ।
सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल आफैँ र अलिशा शर्मा फिचरिङ छन् । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।
डीआरको ‘नशालु’ एल्बमा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।
साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो ।
उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।
साहित्यकार डीआरका बिटुली, स्वार्थी, त्यागी, अपवित्र छायाँ, वज्रघात, भाग्यचक्र र अतिरिक्त जस्ता उपन्यास यसअघि नै पाठकमाझ आइसकेका छन् ।

यस्तो छ गीतको भिडियोः–
लट्ठै बनायो

प्रतिक्रियाहरु