डा.केसी पुन: आमरण अनसन बस्दै

२०७१ चैत्र ८ गते, आईतवार

काठमाडौ, ८ चैत । चिकित्सा शिक्षा र सेवामा भएको विकृति र विसंगतिविरुद्घ आफ्नो पूर्वघोषित कार्यक्रमअनुसार डा गोविन्द केसीले आजदेखि पुन आमरण अनशन सुरुगर्ने भएका छन्। सरकारलाई १० बुँदे मागसहित दिएको १० दिने अल्टिमेटमको अन्तिम समयसीमा दिएको तर सरकारले सनुवाई नगर्दा आमरण अनसन सुरु गर्न लागेको बताए।
चिकित्सा शिक्षा राष्ट्रिय नीति बनेपछि त्यसैअनुसार सम्बन्धन लगायतका अन्य माग पूरा नभएसम्म आमरण अनशन जारी राख्नेउनले जानकारी दिएका छन् ।
केसी यसअपनि चार पटक अनसन बसिसक्नु भएको छ । अस्पतालको सेवामा कुनै प्रभाव नपार्ने गरी आन्दोलन गर्ने उनको भनाई छ ।
चिकित्सा शिक्षा राष्ट्रिय नीति बन्नुपर्ने उनको माग छ । चिकित्सा शिक्षालाई नियमन गर्नेलगायत आफूसँग भएका सम्झौताविपरीत सरकारी निकायबाट एकपछि अर्को निर्णय भइरहेको भन्दै शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ रहेका केसी फेरि अनशनमा बस्न लागेका हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु