डा.केसीद्वारा सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने घोषणा

२०७६ आश्विन २७ गते, सोमबार

काठमाडौं , २७ असोज । डा गोविन्द केसीले सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने घोषणा गरेका छन । उनले आफूसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । पेशाबाट अवकारस भएपछि आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर डा केसीले २०७५ साउन १० गते आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् । डा केसीले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न समेत माग गरेका छन् ।

प्रतिक्रियाहरु