डा. केसीको मागबारे ओली र प्रचण्डबीच मतभेद

२०७५ श्रावण ४ गते, शुक्रबार

काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका मागबारे ओली र प्रचण्डबीच मतभेद भएको छ ।
प्रधानमन्त्री केपी शर्मा अाेलीलगायत पूर्व एमालेका नेताहरू अनुदार बनिरहेकाे बेला अर्का नेता प्रचण्डलगायत नेताहरूले भने डा. केसीकाे माग जायज रहेको बताएका छन् । सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला साेही सत्ताधारी पार्टी (नेकपा) का नेताहरुले भने केसीका माग जसरी पनि समाधान गर्नु पर्ने बताएपछि एउटै पार्टीमा अन्तरविराेधी मतले पार्टी दुर्इतिर विभाजित भएकाे छ ।
सत्ताधारी नेकपाका दाेस्राे अध्यक्ष रहेका पुष्पकमल दाहाल (प्रचण्ड)ले डा. केसीका माग जायज भएकोमा अाेलीसँगकाे भेटमा बताउने गरेका छन् । तर अाेली नकारात्मक बनेपछि प्रचण्ड अाेलीसँग पछिल्ला दिनमा त्यति नजिक रहेर छलफलमा नरहेकाे बतार्इएकाे छ ।
‘डा. केसीले उठाएका माग जायज छन् तर, यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ ।’ दाहालनिकट उच्च स्राेतले भनेकाे छ । डा. केसीकाे मागबारे सत्ताधारी नेकपाका दुर्इ अध्यक्षबीच विपरित मत अाएपछि साे पार्टीका नेता कार्यकर्ताहरू पनि बाँडिएका छन् । डा. केसीकाे मागबारे सरकार कसरी अघि बढ्छ, त्याेभने अब केही समय कुर्नै पर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु