डा. ऋषिराज बराललाई खुला पत्र , यतिसारो मन–पेट किन पोलेको ?

२०७५ कार्तिक ३० गते, शुक्रबार

आदरणीय डा. ऋषिराज बराल, अभिवादन ! हाम्रो पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का आदरणीय महासचिव कमरेड विप्लवद्वारा लिखित ‘महापतन’ पुस्तकसम्बन्धी तपाईंको अमैत्रीपूर्ण र लाठीमुङ्ग्री शैलीको टिप्पणी काठमाडौंबाट सञ्चालित एवम् बादल–पम्फा–सूर्य पथिकद्वारा निर्देशित (संरक्षित) जनदिशा अनलाइनमा पढ्न पाइयो । सो टिप्पणीको पठनपछि मनमा उब्जिएका केही जिज्ञासा राख्न चाहन्छु :
१. के दुनियाँमा कुनै पनि पुस्तक आफैँमा शतप्रतिशत पूर्ण हुन्छ ? माक्र्सवादमा शतप्रतिशतलाई कसरी व्याख्या गर्न सकिएला ? मित्र शक्ति/व्यक्तिले त अपूर्णतालाई पूर्णतातिर लैजान पो सहयोग गर्छ त, ध्वंसात्मक गर्दैन नि !
२. के नेपालको माओवादी आन्दोलनलाई प्रचण्ड–बाबुरामहरूले विसर्जन गराएका होइनन् ? प्रचण्ड–बाबुरामहरू भयानक सैद्धान्तिक, राजनीतिक तथा वैचारिक रूपमा पतन हुनुभएपछि यो अवस्था आएको कुरामा कुनै शङ्का छ र ?
३. कमरेड किरणप्रतिको सम्मान र आदर आफ्नो ठाउँमा छ र हुनु पनि पर्दछ तर उहाँले पनि आवश्यकताअनुसार माओवादी राजनीति हाँक्न र आफू पनि हाँकिन नसक्नु भएको कुरा सही होइन र ?

प्रतिक्रियाहरु