डा. उपेन्द्र देवकोटाको काजक्रिया सात दिन मै सम्पन्न गरिने

२०७५ असार ५ गते, मंगलवार

काठमाडौं, ५ असार । हिजो साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको आज अन्त्येष्टि गरिने भएको छ । देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो । देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । उनीप्रति श्रद्धाञ्जली दिन ठूलो संख्यामा मानिसहरु अस्पतालमा पुगेका छन् । दिउँसो १ बजेसम्म अस्पतालमै उनको शव राखिने र त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिने भएको छ ।
डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने अस्पतालले जनाएको छ । काजक्रिया सात दिनमै सम्पन्न गरिने पनि जनाइएको छ । पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैंले स्थापना गरेको न्यूरो अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार