डाक्टर र प्रहरीले मृत घोषित गरको दश घण्टा पछि पुनः जीवीत

२०७६ फाल्गुन १६ गते, शुक्रबार

काठमाडाैँ, १६ फागुन । युक्रेनमा एक पूर्व नर्स ८३ बर्षकी महिलालाई डाक्टर र प्रहरीले मृत घोषित गरको दश घण्टा पछि पुनः जीवीत भएकी छन् ।
स्टीरजावका शहरमा रहने जीनीया दिदुख नामकी ती महिलालाई बिहिबार स्टेज थ्री कोमामा राखिएको थियो । त्यस पछि परिवारका सदस्यहरुले डाक्टरलाई घरैमा बोलाए । डाक्टरले आएर हेरे पछि स्थिति निकै गंभीर रहेको भन्दै अस्पताल लैजादा अझ खराब हुन सक्ने भन्दै घरैमा आराम गर्न सुझाव दिए । उनी लामो समय नर्स पेशामा रहेकी थिईन् ।
त्यस पछि डाक्टर हिडेको केही समय पछि नै दिदुखले सास फेर्न छाडिन् । त्यस पछि परिवारले पुनः डाक्टर र प्रहरी पनि बोलायो । डाक्टरले परीक्षण गरे पछि घोषणा गरे कि दिदुख अब संसारमा रहिनन् । त्यस पछि प्रहरीले उनको अन्तिम संस्कारको प्रकृया शुरु गर्यो । त्यस क्रममा उनीहरुले चिहान खन्ने मान्छे र पादरीलाई पनि बोलाए ।
त्यस पछि डाक्टर भ्लादिमीर चेवोतारेखले भने मैले आफ्नो करियरको ३७ बर्षमा यस्तो केस कहिले पनि देखिन । स्टेज थ्री कोममा उनी जिउदो हुदा पनि लाश जस्तै थिईन् । त्यस पछि अब्जरभेसनमा सात दिन राखे पछि उनी कोमाबाट निस्किईन् ।
निको भए पछि उनले कोमामा के देख्यौ ? भन्ने प्रश्नको जवाफमा भनिन् ‘ मैले स्वर्ग देखेँ र त्याहा गएर बाबालाई बोलाँए , सोध्न खोजेको थिए कि तपाईलाई यहाँ रहन सजिलो छ कि छैन ? ।’ तर जब आखाँ खुल्यो तब मैले आसपासमा सेतो कपडा पहिरिएको मान्छे देखे ती त डाक्टर रहेछन् , मलाई लाग्छ माथिका( परमेश्वर) ले मलाई पुनः जीवन दिएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु