डाक्टर पनि गुगलको शरणमा

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौँ । एसियाभर भएको एक अध्ययनले एसियाका ९० प्रतिशत डाक्टरहरुले गुगललगायतका इन्टरनेट सर्चको आधारमा विरामीको उपचार गरिरहेको खुलासा भएको छ । रेफरेन्स ड्युरिंग ट्रिटमेन्ट एण्ड सर्जरीले गराएको अध्ययनअनुसार डाक्टरहरुले विरामीको उपचारका क्रममा बिरामीको रोग तथा उपचारका विधिका विषयमा गुगलमा सर्च गर्दछन् । यसलाई डिजिटल क्रान्ति भन्ने कि मेडिकल क्षेत्रको अक्षमता ?
अध्ययनअनुसार डाक्टरहरुले एक दिनमा कम्तीमा पनि छ पटक इन्टरनेटमा आफ्नो पेसासँग सम्बन्धित प्रोफेसनल सर्च गर्दछन्, इन्टरनेटमा । ५८ प्रतिशत फिजिसियनहरु कम्प्युटरमा इन्टरनेट सर्च गरेरै उपचार गर्दछन् । १४ प्रतिशत डाक्टरहरु भने प्रकाशित माध्यममा भर पर्दछन् । अध्ययनबाट के खुलासा भएको छ भने हरेक तीनजनामा एकजना डाक्टरले बिरामीको उपचारका बेलामा हातमा मोबाइल फोन वा ट्याब्लेट बोक्ने गर्दछन् र केही समस्या हुने बित्तिकै सम्बन्धित रोग तथा त्यसको उपचारका विषयमा ग्याजेटमा इन्टरनेट सर्च गरिहाल्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु