डब्लूएचओको महानिर्देशकका उम्मेदवार डा. ब्लाजी नेपाल आउँदै

२०७३ आश्विन ३० गते, आईतवार

काठमाडौँ, ३० असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को महानिर्देशकका लागि उम्मेदवार बन्नुभएका फ्रान्सका प्राध्यापक डा. फिलिप डुत्से ब्लाजी सोमबार नेपाल आउँदैछन । आफ्नो उम्मेदवारीमा नेपालको समर्थन जुटाउन उनि काठमाडौँ आउन लागेका हुन् ।
डा. फिलिपले नेपालका उच्च अधिकारीसँग भेटेर आफ्नो उम्मेदवारीमा समर्थन गरिदिन आग्रह गर्ने कार्यक्रम तय भएको बताइएको छ । नेपालस्थित फ्रान्सेली राजदूतावासका अनुसार पूर्व परराष्ट्र, स्वास्थ्य, संस्कृति तथा सञ्चार, सामाजिक सुरक्षामन्त्रीसमेत भइसकेका डा. फिलिप मुटुरोग विशेषज्ञ हुन ।

प्रतिक्रियाहरु