डब्लूएचओको टोली कोरोना भाइरसबारे अनुसन्धान गर्न चीन जाँदै

२०७७ असार १६ गते, मंगलवार

काठमाडाैं, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को एक टोली कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीन जाने भएको छ । डब्ल्यूएचओले कोरोना भाइरसको स्रोत पत्ता लगाउन सो टोली चीन पठाउन लागेको जानकारी दिएको छ । कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको चेतावनी दिएको छ । आउँदो हप्ता चीन जाने टोलीले विश्वभर महामारी फैलाउने भाइरसको स्रोत कहाँ हो भन्ने पत्ता लगाउने कोशिश गर्नेछ । डब्लूएचओले चीनलाई आफ्नो विशेषज्ञ टोलीलाई आउने अनुमति दिन पटक पटक आग्रह गरिरहेका थियो । उक्त टोलीले जनावर स्रोतको पत्ता लगाउने सघाउने डब्लूएचओले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनाम गिब्रयेसासले भिडियो प्रेस कन्फ्रेन्समा भन्नुभयो, ‘जब हामीलाई भाइरसका बारेमा सबै कुरा थाहा हुन्छ, बल्ल त्योसँग राम्रोसँग लड्न सकिन्छ । यो कहाँबाट आएको भन्ने पत्ता लगाउनु जरुरी छ । हामी आउने हप्ता एक टोलीलाई चीन पठाउँदै छौं । यसबाट भाइरसका बारेमा बुझ्न मद्दत मिल्ने आशा छ ।’
वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् । सबैखाले जनावरको मासु बिक्री गर्ने वुहानको एक बजारबाट यो मासिमा संक्रमण भएको हुनसक्ने अनुमान उनीहरुको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार