डब्लुएचओद्वारा हाइड्रोक्साइ क्लोरोक्लिनको परीक्षणमा रोक

२०७७ जेष्ठ १३ गते, मंगलवार

काठमाडौं , १३ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको सम्भावित उपचारका लागि हाइड्रोक्साइ क्लोरोक्लिनको परीक्षणमा रोक लगाएको छ । डब्लुएचओकोले उक्त औषधिको परीक्षणका बारेमा अध्ययन जारी रहेकाले अहिले नै प्रयोग गर्न नहुने भन्दै रोक लगाएको हो । डब्लुएचओका निर्देशक डा. टेड्रेस एडहानमले मलेरिया र लुपसका बिरामीलाई हाइड्रोक्सि क्लोरोक्विन र क्लोरोक्विनको प्रयोग गर्न सकिने भएकाले कोरोनाका बिरामीमा परीक्षणमा रोक लगाइएको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि बारम्बार मलोरियाको औषधि कोरोना संक्रमितर्लाइ प्रयोग गर्न सकिने बताएपनि यसले मुटुमा समस्या आउने डब्लुएचओको दावी छ ।
गतहप्ता सार्वजनिक भएको एक अध्ययन अनुसार हाइड्रोक्सि क्लोरोक्विनले कोरोना संक्रमितको उपचारका कुनै असर नगर्ने र मृतकको संख्या अझै बढाउन सक्ने बताइएको छ । यसैबीच डब्लुएचओले कोरोनाको संक्रमण फेरि पनि दोहोरिन सक्ने चेतावनी दिएको छ । भाइरस नियन्त्रणका लागि प्रयासहरु जारी रहेपनि सावधानी नअपनाए फेरि पनि यसले विश्वमा महामारीको रुप लिन सक्ने डब्लुएचओले चेतावनी दिएको हो ।
विश्वका केही देशमा भाइरसका नयाँ संक्रमितको संख्या घट्दै गएपनि त्यसप्रति ढुक्क भइहाल्ने अवस्था भने नरहेको डब्लुएचओको भनाइ छ । डब्ुलएचओका आपतिकालीन प्रमुख डा. माइक रायनले मध्य र दक्षिण अमेरिका, दक्षिण एशिया र अफ्रिकामा अझै कोरोनाको संक्रमण बढ्ने सम्भावना रहेको बताए। – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार