डब्लुएचओद्वारा नेपालसहित दक्षिण पूर्वी एसियामा कोरोना फैलन सक्ने चेतावनी

२०७६ चैत्र ५ गते, बुधबार

काठमाडौं, ५ फागुन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ । डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशमा कोभिड १९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने चेतावनी दिएको हो ।
डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोरोनाका कारण अवस्था तीव्र गतिमा बिग्रँदै गएको दावी गरेकी छन् । डब्ल्यूएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ । तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन् । यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले दाबी गरिरहेको छ ।

प्रतिक्रियाहरु