डब्बल नेकपाको सरकार राणाशाहीपथमा – हस्तबहादुर केसी

२०७७ असार १४ गते, आईतवार

गम्भीर भएर यो संश्लेषण गर्न जरुरी छ कि यतिबेला नेपालमा नामधारी डब्बल नेकपाको सरकार छ । यसको नेतृत्व पार्टी अध्यक्ष खड्गप्रसाद ओली शर्माले गरिरहेका छन् । ओली नेतृत्वको यो सरकारलाई नेपाली काँग्रेस, राप्रपा, मधेसवादी दलहरूले कम्युनिस्टको दुई तिहाइको सरकार भन्दै आएका छन् र उनीहरूले डब्बल नेकपाका कार्यकर्ताहरुलाई अरिङ्गालको संज्ञा दिएका छन् । तर, हाल नेपालमा क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले ओली नेतृत्वको सरकारलाई कम्युनिस्टहरूको सरकार नभएर दलाल तथा नोकरशाही पुँजीपति वर्गको दलाल सरकार भएको घोषणा गर्दै आएका छन् । किनभने झापा संघर्षको जगमा टेकेर नेकपा (माले), नेकपा (एमाले) हुँदै पश्चिमा पुँजीपति वर्गले अंगीकार गर्दै आएको र मक्किएको, सडे गलेको पुरानो संसदीय व्यवस्थालाई आत्मसात् गर्दै दक्षिणपन्थी संशोधनको बाटो हँुदै पहिले नै प्रतिक्रियावादी बनेको एमाले र दश वर्षे जनयुद्धको जगमा टेकेर उही एमालेले पहिले नै हिँडिसकेको पुँजीवादी संसदीय व्यवस्थालाई आत्मसात् गर्दै दक्षिणपन्थी नवसंशोधनवादको बाटो हुँदै प्रतिक्रान्तिमा पतन हुन पुगेको नेकपा (माके) २०७५ साल जेठ ३ गते एमालेमा विलय भए पश्चात् डब्बल नेकपा अर्थात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले प्रतिक्रियावादी कित्तामा परिणत भएको प्रमाणित गर्दै आएका छन् र यसले सरकार सञ्चालन गरेको अढाई वर्षको अबधिमा यस सरकारले हाकाहाकी घोर जनघात र राष्ट्रघातका शृ्ङखलाहरु बढाउदै आएकोले कम्युनिस्ट दर्शन, कम्युनिस्ट सिद्धान्त र व्यवहारलाई परित्याग गरेर घोर जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापमा लिप्त भएर आएको, वर्ग उत्थान भएर सरकारमा राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाएर भ्रष्टाचारका जघन्य घटनाहरु घटाउने, भ्रष्ट मन्त्रीहरु, भ्रष्ट कर्मचारीलाई कारवाही गर्नुको सट्टा उल्टै संरक्षण गर्ने र भ्रष्टाचार गर्न प्रेरित गर्ने, हत्यारालाई, बलत्कारीहरुलाई कारयवाही गर्नुको सट्टा अपराधीहरुलाई संरक्षण गर्ने र अपराधीहरुलाई उल्टै प्रोत्साहित गर्ने ओली नेतृत्वको भ्रष्ट सरकारले क्रियाकलाप गर्दै आएकोले शुरुदेखि नै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी जनताले डब्बल नेकपा कम्युनिस्ट पार्टी होइन र यसको सरकार पनि कम्युनिस्ट सरकार होइन भन्दै आएकोमा उसले अंगीकार गरेको कम्युनिस्ट विरोधी, विचार, नीति र व्यवहार प्रदर्शन गर्दै आएकोले डब्बल नेकपा कम्युनिस्ट पार्टी होइन, यसले सञ्चालन गर्दै आएको दलाल सरकारलाई प्रतिक्रियावादी सरकार भन्दै आएकोमा अहिले यो कुरा उसकै व्यवहारले पुष्टि गर्दै आएको छ ।
यसको अतिरिक्त डब्बल नेकपाले जुन परिवारवाद, फरियावाद, नातावाद, कृपावादको प्रयोग गरेर संघीय संसद, राष्ट्रिय सभा, प्रदेश संसद, हरेक तहका सरकार र स्थानीय निकायहरुमा नेताहरु, नेताहरूका परिवारजनहरु, श्रीमती, छोराबुहारी, छोरी–ज्वाँई, सालासाली, नातागोताहरुलाई हरेक निकाय स्थानहरुमा सभासद, मन्त्री, पिए जस्ता पदहरुमा राखेर राज्यको दोहोन गर्ने, सबै तहका स्थानीय निकायहरुमा पनि नेताका, पहुँचवालाहरुका दरसन्तान र आफन्तहरुलाई हुलेर सम्पूर्ण स्थानहरु कब्जा गरेर राज्यको सम्पत्ति सोहोर्ने र जनताका छोराछोरीलाई स्थान र अवसर नदिने जस्ता जनविरोधी कार्य गर्दै आएकोले यो डब्बल नेकपा कम्युनिस्ट होइन र यसले सञ्चालन गर्दै आएको दलाल सरकार कम्युनिस्ट सरकार होइन भन्ने कुरा व्यवहारमै पुष्टि हुन पुगेको छ ।
यति मात्र होइन, डब्बल नेकपाका हरेक तहका नेता कार्यकर्ताहरुमा कहाँबाट पैसा आउँछ ? पैसा कसरी पाउन सकिन्छ ? भन्ने मानसिकता बनाइदिएर र पैसोे नै सबैथोक हो भन्ने जुन मानसिकताको विकास गराउने काम गर्न पुग्यो र निजी सम्पत्तिप्रति मोह बढाउदै गयो र सत्तामा पुगेर पुस्तौ पुस्तासम्म, सन्तान दरसन्तानसम्म पुग्ने सम्पत्ति थोपार्ने जुन घोर सामन्ती र कुरुप पुँजीवादी संस्कृतिको विकास गराउँदै लग्यो र आमपार्टी पंक्तिलाई यसैमा ढाल्दै लग्यो, जसका कारण यो कम्युनिस्ट पार्टी होइन भन्ने कुरामा प्रमाणित हुन पुग्यो ।
यसका अतिरिक्त जव कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरमा उत्पन्न भएर एउटा भयानक विश्वव्यापी रुपमा महामारीको रुपमा फैलियो । यो आलेख लेख्न बस्ने बेलासम्म विश्वका २ सय १५ मुलुकमा ९७ लाख १६ हजार ६० जना कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० जना संक्रमित भइसकेका छन् भने ४ लाख ९१ हजार ८८७ जनाको मृत्यु भइसकेको छ ५२ लाख ५० हजार ७५९ जना उपचार पछि निको भइसकेका छ । नेपाल पनि अछुतो रहेन अहिलेसम्म संक्रमित ११ हजार १ सय ६२ जना संक्रमित भइसकेका छन्, २६ जनाले ज्यान गुमाई सकेका छन् । र, २६५० जना निको भएर घर फर्किसकेका छ । र नेपालमा र विश्वस्तरमै कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० संक्रमण र त्रास धेरै लामो समयसम्म कायमै रहने संभावना रहनेछ ।
हाम्रो देशमा दलाल सरकारले शुरुमा कोरोना भाइरसको जोखिम र खतराबाट जनतालाई जोगाउनको निम्ति जिम्मेवार बन्न सकेन । विश्वका विभिन्न मुलुकहरुमा खासगरी भारत, खाडी मुलुकहरु । मलेसिया, युरोपमा रोजगारीका लागि लाखौं मजदुर राजगारीका लागि गरेकोमा ती देशहरूमा भाइरस फैलिन पुगेपछि सम्बन्धित देशहरूमा रोजगारी गुमाएकाहरु विशेषगरी भारत प्रवासबाट लाखौं युवाहरु स्वदेश फर्कन बाध्ये भए । यो दलाल सरकारले भारतसितको खुला नाका भएका र भारतमा विपत्ता परेकाहरु विभिन्न तरिकाले नेपाल प्रवेश गर्ने लहर नै चल्यो र गैरजिम्मेवारको रुपमा रहेको दलाल सरकारको जनविरोधी रवैयाका कारण नेपालमा पनि ह्वात्तै बढ्यो र दलाल सरकारले विश्व जनस्वास्थ्य संगठनको मापदण्डअनुसारका वैज्ञानिक मापदण्ड बमोजिमका क्वारेन्टाइन र आइसकेको व्यवस्था गरेकै कारण हजारौं जनताले अकल्पनीय दुःख कष्ट व्यहोर्न विवश भए । र यति जनाले अनाहकमैै ज्यान गुमाउन पुगे र जोखिम अझै बढेर जाँदै छ । र नेपाली जनता त्राही–त्राही भैरहेका छन् । गैरजिम्मेवार र जनविरोधी ओली नेतृत्वको दलाल सरकारका कारण जनता धेरै चिन्तित छन् । दलाल सरकार कै कारण जनताले धेरै क्षति ब्यहोर्नु पर्ने कुरालाई नकार्न सकिँदैन ।
एकातिर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइस ९ऋइख्क्ष्म्(ज्ञढ० भयावह बढ्दै गयो, नेपालमा मात्र होइन, रोजगारीका लागि मध्यपूर्व ओमन, कुवेत, कतार लगायतका विश्वभर दशौँ हजार नेपाली दाजुभाइहरु कोरोना संक्रमित हुनु भएको छ । उहाँहरुको बारेमा दलाल सरकारले कुनै चासो र चिन्ता सम्म गरेको छैन भने खाडी देशहरू लगायतका मुलुकहरुबाट स्वदेश फर्कन चाहेका नेपाली दाजुभाइहरुलाई व्यवस्थित र निष्पक्ष ढंगले ल्याउने काम पनि गरेको छैन । त्यसमाथि पनि पैसाको व्यापार गर्दैछ । स्वदेश ल्याइएकाहरुलाई पनि सहज ढंगले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छैन ।
भारत प्रवासबाट विपदमा परेर आउनु भएका हाम्रा हजारौं मजदुर दाजुभाइ, दिदीबहिनीहरुलाई क्वारेन्टाइनमा राख्ने नाममा गाई गोठ, भैसी गोठमा समेत राखिएको छ । विना मापदण्डका स्कुल र कलेजहरुमा भेडाबाख्रासरह अमानवीय ढंगले राखिएको छ । त्यहाँ खान वस्न राम्रो व्यवस्था छैन ।
त्यति मात्र होइन, महिलाहरु क्वारेन्टाइन भित्रैै सामुहिक रुपमा बलात्कृत हुनु भएको छ । अपराधीहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्नेमा उल्टै संरक्षण गर्ने र अरु अपराधहरुलाई प्रोत्साहन गर्ने कार्य भइरहेका छन् । महिलाहरुले क्वारेन्टाइन मै बच्चा पाउन विवश भइरहेका छन् । दलाल सरकारलाई कुनै चासो र चिन्ता छैन । क्वारेन्टाइन मै कैयौं युवाहरु मरिरहेका छन्, दलाल सरकारलाई कुनै मतलबै छैन । एकातिर यस्तो बिजोग अवस्था छ भने अर्कोतिर ओली नेतृत्वको दलाल सरकार र त्यसका मन्त्रीहरुले चीनबाट कोभिड १९ का लागि ओम्नी नामको नक्कली कम्पनीमार्फत् औषधि खरिद गर्ने क्ररमा करोडौंको भ्रष्टाचार गरियो । दलाल सरकार भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्नेमा उल्टै भ्रष्ट अपराधीहरुलाई बचाउने र संरक्षण गर्नेतिर लागि पर्दै आयो ।
त्यस्तै भ्रष्ट मन्त्री र भ्रष्ट कर्मचारीहरुको मिलोमतोमा करोडौंको भ्रष्टाचार गरिएको छ, समस्यामा परेका मजदुर र अन्य राहतका वितरण गर्ने क्रममा व्यापक पक्षपात गरिएको छ । सडेगलेको रासन वितरण गरिएको छ । कोभिड १९ को सहयोगको नाममा आएको र जम्मा भएको सहयोग रकम मन्त्री, मानवीय, स्थानीयका जनप्रतिनिधिहरुसमेत मिलेर झ्वाम पारिएको छ । दलाल सरकारबाट कतै निगरानी छैन । भ्रष्टाचारीहरुलाई कारवाही गर्नु पनि छैन । उल्टै प्रोत्साहन दिइएको छ । कोभिड १९ का संक्रमितहरुका लागि पिसिआर जाँच पनि छिटो छिटो गरिएको छैन । विरामी मरे पछि मात्र कोरोना भाइरसका कारण मरेको घोषणा गर्ने गरिएको छ ।
दलाल सरकारबाट यस्तो किन गरिएको छ त ? भन्ने प्रश्न उठ्न सक्छ । यसको वास्तविक जवाफ के हो भने ओली नेतृत्वको नेकपाको सरकार दलाल सरकार हो । दलाल सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुँदैन । उसको जनताप्रति माया पनि हुँदैन र उ जनताका जल्दाबल्दा समस्याहरुबाट भाग्ने र पन्छिने गर्दछ । यो दलाल सरकारको विशेषता हो । अहिले ओली नेतृत्वको दलाल सरकारले यही भूमिका निभाई रहेको छ । त्यसो भएर दलाल सरकारले कोभिड १९ को संक्रमिन र जोखिमबाट जनतालाई बचाउनु पर्ने दायित्वबाट विमुख हुँदै उसले माथिबाट हात झिकी सकेको छ र सम्पूर्ण जिम्मा तल प्रदेश सरकारहरुलाई दिएर आपूm जिम्मेवारीबाट पन्छिसकेको छ । यही हो दलाल सरकारको चरित्र र कर्तव्य ।
ओली नेतृत्वको दलाल सरकारले किन यसो गरिरहेको छ त ? भने माथि नै भनिएको छ । यो दलाल सरकार कम्युनिस्टहरुको सरकार होइन । यो प्रगतिशील सरकार पनि होइन । यो सरकार त पश्चगामी सरकार हो । उल्टो बाटो हिँडिरहेको प्रतिक्रियावादी सरकार । यो निवर्गीय र विजातीय तत्वको सरकार हो । साथै यो दलाल सरकार राणाशाही हिँड्ने गरेको पश्चगामी तथा फासिस्ट सरकार हो । राणा शासकहरुले उनीहरूको विरोध गर्नेहरुको खासगरी राणा शासकहरुको विरोधमा बोल्नेहरुको जिब्रो काटी दिन्थ्यो । उनका विरोधमा लेख्नेहरुको हात काटिदिन्थ्यो । राणा शासकहरुलाई कर्के नजरले हेर्नेहरुको आँखा फुटालिन्थ्यो । हातखुट्टा भाँचेर खोल्साहरुमा फ्यालिन्थ्यो । राणा शासकहरुका विरोधमा सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ नामक पुस्तक लेखेका कारण उनलाई जेल भित्रैै हत्या गरियो र उनले छपाएको १००० थान ‘मकैको खेती’ नामक पुस्तकमध्ये १ थान मात्र नभेटाइएको बाँकी ९९९ थान पुस्तकहरु जलाइएको थियो । क्रुर राणा शासक र जहाँनिया राणा शासनको घोर विरोध गरेकै आधारमा बिक्रम सम्बत १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मदत्त माथेमा र गंगालाल श्रेष्ठलाई फासी दिइएको थियोे ।
त्यस्तै अहिले ओली नेतृत्वको दलाल सरकारले आफ्ना विरोधीहरुलाई राणाशाही शासनतन्त्रकै झझल्को आउने गरी फासीवादी तरिकाले दमन र धरपकड गर्दै आएको छ । झुठा मुद्दा लगाउने र हत्यासम्म गर्ने दमनकारी नीति अख्तियार गर्दै आएको छ । उदाहरणका रुपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यस पार्टीका नेता कार्यकर्ताहरुमाथि गरिएको फासीवादी दमनलाई लिन सकिन्छ । यतिसम्म कि सर्वोच्च अदालतले थुनामुक्त गरेका नेकपाका नेता कार्यकर्ताहरुलाई अदालत भित्रबाट पुनः गिरफ्तार गरेर झुठा मुद्दाहरु लगाउँदै आउनुले दलाल सरकारले विरोधीहरुप्रति सैह्य छैन । दमनबाटै सिध्याउनु पर्छ भन्ने घोर प्रतिक्रियावादी, फासीवादी चरित्र प्रदर्शन गर्नुले यो दलाल सरकार राणाशाही बाटोमा हिँडिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । त्यस्तै क्रान्तिकारी माओवादी लगायतका ११ दलीय मोर्चाको काम र गतिविधि तथा संघर्षका कार्यक्रमहरुमाथि पनि व्यापक दमन चलाउँदै आएको छ । र, यस दलाल सरकारले विरोधीहरुलाई दमनबाटैै सिध्याउने हिटलरी फावादी नीति अवलम्बन गर्नुले यो दलाल सरकार राणाशाही तन्त्रीय बाटोमा हिँडिरहेको छ भन्ने कुरा प्रमाणित हुन्छ ।
त्यति मात्र होइन, क ओली नेतृत्वको दलाल सरकारले सामाजिक सञ्जाल फेसबुकद्वारा नेपाली जनताले यस दलाल सरकारका कमिकमजोरीहरु देखाइदिने गरेकाले त्यस भ्रष्ट सरकारमा मन्त्री, नेता कार्यकर्ताहरुका कमजोरीहरु उदाङ्ग पारिदिने डरले फेसबुकप्रति कडा कानुन बनाएर आफ्नो विरोध गर्नेहरुलाई साइवर अपराध मुद्दा लगाएर तर्साउने दुःख दिने कार्य गर्दै आएको छ र फेसबुक नै बन्द गर्ने षड्यन्त्रका तानावाना बुनिरहेको छ । दलाल सरकारको विरोध गरेका सैयौ अनलाइन मिडियाहरुको दर्ता खारेज गरिसकेको छ । साथै सञ्चारमा अंकुश गर्ने उद्देश्यले प्रेस काउन्सिल विधयेक ल्याएर आमसञ्चारमाथि भीषण दमन गर्ने तयारी गरिरहेको छ । यो नै फासीवादको पराकष्टा हो । एक कुरुप र भद्दा शासन शैली हो यो ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) कम्युनिस्ट पार्टी पनि होइन र कम्युनिस्ट पार्टी नभए पछि सरकार कम्युनिस्ट सरकार हुने कुरै भएन । त्यसो भएर यो विजाती तत्वको रुपमा परिणत भइसकेको पार्टीको प्रतिक्रियावादी सरकारले जनताका वर्गीय मुक्तिका समस्याहरु हल गर्ने कुरै भएन । यो दलाल सरकार कोरोना भाइरसको संक्रमणबाट जनतालाई बचाउन र राष्ट्रलाई जोगाउन पनि असफलसिद्ध भइसकेको छ । त्यसो भएर नेपाली जनताका प्राकृतिक समस्याहरु हल गर्नका निम्ति, जनताका मानवीय समस्याहरु हल गर्नका निम्ति र नेपाली जनताको वर्गीय मुक्तिको एक मात्र वैज्ञानिक समाजवाद हो भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यसैले महान् नेपाली जनवाद हुँदै वैज्ञानिक समाजवादमा पुगेर नेपाली समाजलाई वैज्ञानिक साम्यवादमा पु¥याउने लक्ष्य लिएर महान् नेपाली क्रान्तिका ऐतिहासिक कार्यभार बोकेर अगाडि बढिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एकताबद्ध हँुदै महान् नेपाली क्रान्तिका ऐतिहासिक कार्यभार पूरा गर्नुको विकल्प छैन । यसैमा मात्र नेपाल राष्ट्र र नेपाली जनताको उज्ज्वल भविष्य निहित छ ।
(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु