प्रेरणाको श्रोत बन्यो रुसी यात्रा – हस्तबहादुर के.सी.

२०७४ मंसिर १६ गते, शनिबार

मैले १३ दिने रुसको यात्रा गरे । मेरो राजनीतिक जीवनमा रुसी यात्रा अत्यन्तै महत्वपूर्ण र ठूलो प्रेरणाको श्रोत बन्यो । यो यात्रा ज्यादै सुन्दर, सभ्य, भव्य र सफल रह्यो । हामी संसार बदल्ने आँट र योजना तथा प्रतिबद्धताका साथ कम्युनिष्ट पार्टीमा संगठित भएर जीवन समर्पण गरिरहेकाहरुको निम्ति मेरो रुसी यात्रा अत्यन्तै अनुकरणीय र अविस्मरणीय बन्न पुग्यो ।
रुस जस्तो देश, जुन देशमा विश्व सर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्यिचको नेतृत्वमा रुसी कम्युनिष्ट पार्टी (बोल्सेविक) ले सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर मानवजातिको इतिहासमा पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरिएको देश हो । रुस विश्व सर्वहारावर्गका महान नेता भी.आइ. लेनिन र जोसेफ स्टालिनले निर्माण गरेको देश रुसको जानकारी राख्ने सबैलाई त्यस देशमा पुगेर त्यहाँका समग्र विषयमा बुझ्न र जान्न सबैलाई मन लाग्नु स्वाभाविक कुरा हो । मैले पनि सानै उमेरमा नेपालको कम्युनिष्ट पार्टीमा संगठित भएर देश र जनताको परिवर्तन गर्ने महान् कार्यमा सम्पूर्ण जीवनलाई जब समर्पण गरे त्यसबेला देखि नै तत्कालिन सोभियत संघ लगायत विश्व कम्युनिष्ट आन्दोलनको इतिहासको अध्ययन गर्ने, पेरिस, कम्युन, महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको इतिहास, महान् चीनीया नयाँ जनवादी क्रान्तिको इतिहास, भियतनाम, कोरिया लगायतका देशहरुका वीरता मुक्ति आन्दोलनका इतिहासहरु मेरो क्षमताले भ्याएसम्म अध्ययन गर्ने, बुझ्ने र ती देशका क्रान्ति, परिवर्तन र वीरताका गाथाहरुबाट पाठ सिक्ने कोसिस गरिन्थ्यो र रुस, चीन, भियतनाम, कोरिया गरिएका क्रान्ति नेपालमा गर्नु पर्छ भनेर घर, परिवार, नीजी सम्पत्ति र सम्पूर्ण व्यक्तिगत स्वार्थ र चाहनाहरुलाई त्यागेर अत्यन्तै खुसी र प्रतिबद्ध भएर नेपाली क्रान्तिका समर्पित हुने पर्ने प्रेरणाहरु मिल्ने गथ्र्यो ।
महान् अक्टुबर समाजवादी क्रान्तिको गौरवपूर्ण गाथाहरुले भरिएको रुसमा पुग्ने र सबै विषयमा अध्ययन गर्ने र बुझ्ने चाहना त पहिलेदेखि नै थियो नै । तर कहिले पुुगिन्छ भन्ने केही ठेगाना थिएन । तर महान् रुसी अक्टुबर क्रान्तिले १०० वर्ष पुरा गरेकै दिन यही वर्ष अर्थात् सन् २०१० नोभेम्बर ७ (रुसी पात्रोअनुसार) (वि.सं. २०७४ कार्तिक २१) गतेका दिन भौतिक रुपमै लेनिनले आमजन विद्रोहको पहिलो उद्घोष गरेको र लाखौ रुसी मजदुरहरुले सत्ता कब्जा गरेको विश्व क्रान्तिकै निम्ति ऐतिहासिक शहर लेनिनग्रादमा पुग्ने मिल्यो । यो नै मेरो जीवनको लागि गौरवको विषय बन्न पुग्यो ।
वर्तमान रुसमा क्रियाशील क्रान्तिकारी धारका कम्युनिष्ट पार्टी र समुहहरुले महान् अक्टुबर क्रान्तिले १०० वर्ष पुरा गरेको उपलक्ष्यमा रुसको ऐतिहासिक शहर लेनिन ग्रादमा २०१७ नोभेम्बर ७ को दिनलाई केन्द्रबिन्दुमा राखेर महान् अक्टुबर क्रान्ति सतवार्षिकी दिवस धुमधामका साथ मनाउनका निम्ति विश्वभरका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु, संघ संस्था, भाईचारा पार्टीहरुलाई र व्यक्तिहरुलाई समेत त्यस उत्सवमा आमन्त्रण गर्ने निर्णय गरेका थिए । मलाई पनि रसियन कम्युनिष्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) ले निमन्त्रणा ग¥यो र हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी) का महासचिव कमरेड मोहन वैद्य किरणले रुसी यात्राको सफलताको शुभकामना सहित मलाई बिदाई गर्नु भयो ।
म सहित लेखक ÷ पत्रकारहरको हाम्रो १५ जनाको नेपाली टोली थियो । सन् २०१७ अक्टुबर ३१ तारिख (२०७४ कार्तिक १४) गते फ्लाई दुबै ँFly Dubai Airline को उडानबाट काठमाण्डौं देखि रुसको राजधानी मास्कोको लागि रातको १०ः४५ उड्यौं । दुवैको ट्रान्जिट फटाएर स्थानीय समयानुसार २०१७ नोभेम्बर ७ का दिन २ ः४० मा रुसको राजधानी मास्को स्थित Vnukovo अन्तराष्ट्रिय विमान स्थलमा उत्रियौं । रुसी अध्यागमन विभागले हाम्रो चेकजाँच सकेपछि हामीहरु विमानस्थलबाट बाहिरिने क्रममा हामीलाई स्वागत गर्न र लिनका निम्ति रसियन कम्युनिष्ट पार्टी (माक्र्सवादी – लेनिनवादी) का नेता र महान् अक्टुबर क्रान्ति सतवार्षिकी उत्सव मूल समारोहका महासचिव कमरेड Dmitry Kontesko को नेतृत्वमा टोलीले झण्डा देखाउदै हामीलाई पर्खिरहेको रहेछ । हामी पुग्यौं, गरमागर्मी स्वागत गरियो र हामीलाई आधा भूभाग बसबाट र बाकी मेट्रो रेलबाट यात्रा गराएर हामीलाई बस्न खानको निम्ति बन्दबस्त गरिएको होटेलमा पु-याइयो ।
२०१७, १ नोभेम्बर देखि ५ नोभेम्बरको राती १० बजेसम्म हाम्रो टोली राजधानी भएको बस्ने र त्यहाँको समग्र अध्ययन अवलोकन गर्ने, गराउने कार्यक्रम बनेको रहेछ र १० नोभेम्बरको राती रेल्वे यात्राबाट लेनिनग्राद तीर प्रस्थान गर्ने र ६ नोभेम्बर देखि १० नोभेम्बरको रातको १ बजेसम्म लेनिनग्रादमा विविध कार्यक्रमहरुमा सहभागी भएर त्यसपछि नेपाल फर्किने टाइमटेबुल बनेको रहेछ । आयोजक संस्थाले हामीलाई जानकारी गरायो ।
२०१७ नोभेम्बर २ तारिखका दिन हाम्रो टोली र युरोपीयन टोली पनि आइपुगेको थियो ः दुवै टोलीलाई मिलाएर एउटै टोलीको रुपमा कमरेड Dmitry Kontesko को नेतृत्व र अगुवाइमा अंग्रेजी भाषाका Good Guider हरुका साथ मेट्रो रेल्वेको यात्रा भएर हामी बसेको ठाउ अलि टाढै थियो मस्कोको रेडस्क्वाएरतिर लागियो । बिहान ९ बजेतिर मास्को केन्द्र भागमा रहेको ऐतिहासिक रेड स्क्वाएरमा पु-याइयो । रेड स्क्वाएरको केन्द्रभागमा साम्यवादका प्रवर्तक कार्ल माक्र्सको भयंकर अग्लो र ठूलो कदको प्रतिमा (Statue) रहेछ । हामीले माक्र्सप्रति सलामी दिएर फोटो सेसन पनि चलायौं । कतै लेनिनको प्रतिमा पनि छ कि भनेर यता उती हेरियो । कतै देख्न सकिएन । तर पछि देखियो प्रतिक्रान्तिकारी बोरिस एल्तसिनको सरकारले रेडस्क्वाएरमा राखिएको लेनिनका प्रतिमा भत्काएर फाली सकेको रहेछ । त्यसपछि हामीलाई रेडस्वाएरको पश्चिम पट्टी रहेको लेनिन मेमोरियल हल तिर जानलाई अगाडि बढाइयो । ठूलो संख्यामा मानिसहरु लाइनमा थिए । हामीहरु पनि त्यहीँ लाइनमा सामेल भयौं र क्रमस अगाडि बढ्दै जाने क्रममा हाम्रो टोली पनि लेनिन मेमोरियल हल भित्र प्रवेश ग-यो । कडा सुरक्षाको चेक जाच पछि हामीलाई महान् लेनिनको पार्थिव शरीर (शव) राखिएको हलमा पुग्नका लागि अनुमति दिइयो र गाइडहरुको सहयोगमा लेनिनको सव राखिएको हलमा पुग्यौं । महान् लेनिनलाई भावपूर्ण लाल सलाम गरेर हामी बाहिरियौं । यो क्षण अत्यन्तै अविस्मरणीय बन्न पुग्यो । त्यसपछि विशाल रेडस्क्वाएर स्थलको अवलोकन भ्रमण गरियो । त्यसभन्दा बाहिर रहेका ऐतिहासिक एवं रमणीय स्थलहरुको अवलोकन भ्रमण सकेर मास्कोमै रहेको लेनिन संग्राहलयको समग्र अध्ययन, अवलोकन गरियो । मास्कोमा चिसो माइनस डिग्रीमा झरेको थियो । मेट्रो रेल्वे यात्राबाट वासस्थानमा पुगियो ।
२०१७ नोभेम्बर ३ तारिखका दिन शुरुमा आयोजक संस्थाले Good Guider हरुको सहयोगमा शुरुमा वीरताका सालिकहरुको अवलोकन गरायो र रुसी अन्तरिक्ष यात्री युरी गार्गिनले यात्रा गरेको यान (रकेट) को अवलोकन गराइयो । उक्त यानलाई एउटा खुला म्यूजियम बनाएर उडाउनलाई तयारी अवस्थामा रहेको जस्तै गरि वैज्ञानिक रुपमा जडान गरि राखिएको रहेछ, त्यसको अवलोकन गरियो । साथ त्यस दिन मास्को भएर बग्ने विशाल नदीको अवलोकन गरेर पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा जर्मन हिटलरी नाजीवादलाई ध्वस्त पारेका हात हतियार, गोला, बारुद, बम रकेट, मिशायल आदिको विशाल म्युजिएम रहेछ, ती सबैको अध्ययन अवलोकन गरेर साँझा पुनः बासस्थानतिर प्रस्थान गरियो ।
२०१७ नोभेम्बर ४ तारिखका दिन कतिपय महत्वपूर्ण ऐतिहासिक स्थानहरुको अवलोकन सकेर मास्को भन्दा केही टाढा घना जंगलको बीचमा लेनिन–गोर्की हिल्स भन्ने स्थानमा भव्य रुपमा लेनिन म्युजियम बनाएर सुरक्षित रुपमा राखिएको रहेछ । अत्यन्तै शान्त र सुन्दर स्थल, जहाँ अन्य मानव बस्ति छैन त्यहाँ, त्यस भव्य भवनको पहिलो तलाको बीच भागमा सेतो रंगको अत्यन्तै आकर्ष ठूलो कदको तर बसेकै पोजिसनमा महान् लेनिनको प्रतिमा (Statue) राखिएको रहेछ । त्यसपछि त्यही तल र दोश्रो तलामा लेनिन सम्बन्धि सन् १९०५ को असफल रुसी क्रान्तिः महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको तयारी गर्ने बेलाको र विजय पछिका घटनाक्रमहरु, लेनिनले अध्ययन गर्ने स्थान र लेनिनद्वारा लेखिएका समग्र पुस्तकहरु जो रुसी भाषामा प्रकाशित भएका रहेछन् ती सबको विशाल पुस्तकालय, अन्य सहयोगीहरुका तस्वीरहरु जो सजाएर राखिएको छ, ती सबै प्रेरणा ती सबको अध्ययन अवलोकन गरियो ।
त्यही लेनिन–गोर्की हिल्समा नै लेनिनलाई सन् १९१८ मा गोली लागि सकेपछि बिरामी अवस्थामा बसेको र मृत्यु समेत भएको त्यही भवनमा भएको एक ऐतिहासिक म्युजियम बनाएर सुरक्षित रुपमा राखिएको रहेछ । त्यहाँ लेनिन विरामी अवस्थामा बसेको, भेटघाट गर्ने, अध्ययन गर्ने कक्षाका साथै मृत्यु वरण गरेका पलङ, बाथरुप वैठक हल लगायत अन्य प्रेरणादायिक संग्राहलय बनाइएको रहेछ ती सबको गहिरो गरि अध्ययन अवलोकन गर्ने गराउने काम सम्पन्न भयो ।
२०१७ नोभेम्बर ५ तारिखका दिन मुख्यतः महान् रुसी अक्टुबर समाजवादी क्रान्ति (बोल्सेबिक क्रान्ति पनि भनिन्छ) त्यसको पूर्व तयारीको बेला बोल्सेविकहरुमाथि अस्थायी सरकारले भीषण दमनचक्र चलाइएको थियो । प्रेस स्वतन्त्रतामाथि पनि प्रतिबन्ध र आक्रमण गरिन्थ्यो । त्यसो भएर रुसी कम्युनिष्ट पार्टी (बोल्सेविक) ले राजधानी मास्को स्थित मुख्य सडकको एउटा घरमा तीन तल मुनी भूमिगत प्रेस संचालन गरेको रहेछ र त्यस प्रेसमा पार्टीको मुखपत्र लेनिनको सम्पादकत्वमा प्रकाशित गरिने प्राभ्दा र पार्टीका अन्य प्रकाशनहरु र अक्टुबर क्रान्ति सम्बन्धी अन्य सामग्रीहरु छापेर प्रतिक्रियावादी सरकारका CID हरुले समेत थाह नपाउन भनेर प्रेस संचालन गरिएको भवनको सडक पट्टी फलफूलको पसल चलाएर फलफूल विक्रीवितरण गरिरहेको देखाउने र अर्को ढोकाबाट पार्टी प्रकाशनहरु सरकारलाई छलेर बाहिर पठाउने अत्यन्तै जोखिम तर महत्व कार्य गरेको भवन र प्रेस सम्बन्धी सम्पन्न सर सामान राखेर एक ऐतिहासिक म्युजियम बनाएर सुरक्षित राखिएको रहेछ । त्यसको समग्र अध्ययन अवलोकन गर्ने र प्रेरणा लिने काम सम्पन्न भयो ।
राजधानी मास्कोमा भ्रमण सम्बन्धी अध्ययन अवलोकन र अन्य राजनीतिक, वैचारिक विषयहरुको रुसी कमरेडदरुसीत विचार आदान प्रदान गरेर ५ नोभेम्बर कै राती १० बजे रेल्वे लाइनको यात्राद्वारा कमरेड Dmitry को नेतृत्वमा हाम्रो टोली लेनिनग्रादको लागि प्रस्थान ग¥यो र भोलिपल्ट विहान ८ बजे लेनिनग्राद पुगियो र पार्टीले तय गरेको होटेलमा बस्ने काम भयो ।
महान लेनिनले पहिलो पटक जनविद्रोहको उद्घोष गरेको स्थान लेनिनग्राद पुग्ने वित्तिकै त्यहाँको समग्र विषयमा छिटो अध्ययन अवलोकन गर्नका लागि सबैका मनमा कौतुहल्ता सवार हुनु स्वाभाविक थियो । त्यसै दिन अर्थात २०१७ नोभेम्बर ६ तारिखका दिन बिहान कमरेड Dmitry को नेतृत्व र अगुवाइ तथा Andrey तथा Alexi जस्ता Good Guider हरुको सहयोगमा मेट्रो रेल्वेको यात्राबाट लेनिनग्रादको मुख्य चोकबाट केही टाढा एउटा विशाल पार्कको बीचमा लेनिनको ठूलो कदको प्रतिमा Statue) भएको ठाउँमा पु¥याइयो र फोटो सेसनका साथै अन्य विषयको अवलोकन गर्ने काम भयो । त्यसपछि त्यही नजिकै रहेको विशाल भूमिमा रहेको चर्चको अवलोकन गर्र्ने काम पनि सम्पन्न गरियो ।
त्यसपछि स्टालिनको पालामा अर्थात् दोस्रो विश्वयुद्धको समयमा जर्मन हिटलरी नाजीवादलाई पराजित गर्न निर्माण गरिएका अत्याधुनिक हात गोला, बारुद, बम, मिसाइल लगायतका हतियारहरु जर्मन सेनाबाट जफ्त गरिएका हतियार समेतको लेनिन ग्रादमा वार म्यूजियम बनाइएको रहेछ, त्यसको सम्पूर्ण अध्ययन, अवलोकन गर्ने काम भयो ।
२०१७ नोभेम्बर ७ तारिखको दिन महान् अक्टुबर क्रान्ति सम्पन्न गरिएको दिन थियो । र यो ऐतिहासिक र वीरतापूर्ण कार्य त्यही लेनिनग्रादमै सम्पन्न भएको थियो ।
लेनिनले विद्रोहको दिन ७ नोभेम्बरलाई नै रोजनु भएको थियो । त्यतिबेला त्यो शहरलाई पेत्रोग्राद भनिन्थ्यो र रुसको राजधानी पनि त्यही रहेछ । त्यही समयमा राजधानी पेत्रोग्रादमा अखिल रुसी मजुदरहरुको महाधिवेशन हुदै थियो । त्यस महाधिवेशनको सन्ध्यामा मजदुरहरु त्यहाँ ठूलो संख्यामा जम्मा हुने भएकाले लेनिनले त्यही दिनलाई विद्रोहको दिन छान्नु भएको र महाधिवेशनमा आएका मजदुरहरु नै अक्टुबर क्रान्तिका लागि बन्दुक बोकेर अस्थायी सरकार विरुद्ध सशस्त्र विद्रोहमा उत्रिए र ती मजदुरहरुले नै १९१७ (नोभेम्बर ७) मा अन्तरिम सरकारका मन्त्रीहरु बसेको Winter Palace लाई कब्जा गरि ती मन्त्रीहरुलाई गिरफतार गरेर क्रान्ति सफल गरेका थिए भन्ने जानकारी र अन्य सम्पूर्ण तयारी जस्तो की राती २ बजे एकै समयमा यातायात, विजुली र टेलिफोन सेवा बन्द गराएर लेनिनग्राद शहर भरि एकैसाथ गोला बारुद, बमबन्दुक पड्काएर आक्रमण शुरु गरिएको र त्यही बेला सरकारी सेना विद्रोहलाई साथ दिन आएको इतिहास प्राप्त गरियो ।
त्यस दिन विश्वभरबाट अक्टुबर क्रान्तिको सत वार्षिकी उत्सव समारोहमा भाग लिन आउने विभिन्न मुलुकका कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु आउने क्रम जारी थियो । साँझ लेनिनग्राद शहरमा विशाल जुलुस प्रदर्शनको आयोजना गरियो । त्यसमा हाम्रो नेपाली टोलीले अग्रपंक्तमा खडा भएर भाग लिएर आफ्नो पहिचान दिने काम भयो । हाम्रो टोली बाहेक नेपालीहरुका अन्य टोलीहरु थिए । त्यस जुलुसमा विश्वसाम्राज्यवादका विरुद्धमा र विश्वसर्वहारा क्रान्तिका पक्षमा गगनचुम्बी नाराहरु घनकाइएका थिए । झण्डा र व्यानरले लेनिनग्राद शहर रंगीएको थियो ।
२०१७ नोभेम्बर ८ तारिखका दिन दिउँसो Winter Palace को अवलोकन गराइएको थियो । यही दरबारमा अन्तरिम सरकारका मन्त्रिहरु लुकेर बसीरहेको कोठामा मजदुरहरु पुगेर गिरफ्तार गरी ल्याएर महान् अक्टुबर समाजवादी क्रान्ति सफल भएको घोषणा गरिएको थियो, त्यसै दरबारलाई अहिले एउटा विशाल म्यूजीएम बनाएर राखिएको रहेछ । त्यहाँ जारशाही शासनकालमा जार शासकहरुले रुसी जनतामाथि कति कुरुर शासन गर्दथे र उनिहरु कति वैभवशाली र सुख सयलमा बाँचेका थिए भन्ने उदाहरण सहित भित्ता भित्तामा चित्रहरु राखेर प्रष्ट पार्ने काम गरिरहेको रहेछ, त्यसको समग्र अध्ययन र अवलोकन गर्ने काम गरियो ।
त्यसै दिन साँझ डिनरको व्यवस्था गरिएको थियो र विश्वभर आएका खासगरी चीन, कोरिया, जापान, भियतनाम, नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, बर्मा, इन्डोनेसिया, फिलिपिन्स, बेलायत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, स्वीजरल्यान्ड, पोल्यान्ड, टर्की, पेरु, क्युबा, भेनेजुयला, ब्राजिल, नर्वे, स्विडेन, डेनमार्कलगायतका देशबाट कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुका बीचमा विचारहरु आदान प्रदान गर्ने कार्य भएको थियो ।
त्यस कार्यक्रममा बोल्ने बक्ताहरुले आजको पुँजीवादी युगमा लेनिनका विचार र योगदानहरु सार्वभौम छन् । रुसमा मात्र सिमित न राखेर विश्वभर फैलाउनु पर्दछ र समरक्षण गर्नु पर्छ भन्ने विचार बढि राखिएको थियो । अर्थात् १०० वर्ष पछि सम्म पनि लेनिनको सान्दर्भिकता कायमै छ भन्ने कुरा राखेका थिए । र विश्व क्रान्ति, त्यसका विश्व भरका क्रान्तिकारी कम्युनिष्टहरु बीचमा एकता अपरिहार्य छ भन्ने विचार प्रस्तुत भएका थिए । २०१७ नोभेम्बर ९ तारिखका दिन लेनिनग्रादस्थित अर्को लेनिन संग्राहलयको अध्ययन अवलोकन गराइएको थियो । त्यस म्युजिएममा पनि अक्टुबर क्रान्तिको तयारी र सत्ता कब्जा सम्मको बारेमा राजनीतिक पार्टी, वैचारिक तयारी फौजी तयारी र अन्य तयारीका बारेमा गरिएका कामहरुको सिलसिले इतिहास र सत्ताकब्जा गर्दाखेरीको कलात्मक दृश्यहरु झल्कने पोस्टर चित्रहरु र सत्ताकब्जा गर्दा लेनिनग्रादमा गरिएको जनविद्रोह र Winter Palace मा बसेका अस्थायी सरकारका मन्त्रिहरुलाई मजदुरले गिरफ्तार गरेर बाहिर ल्याएर सत्ता कब्जा गरेको घोषणा गरेको सव्यदृश्य देखाइएको थियो । यो लेनिन म्युजियम अत्यन्तै प्रेरणादायक छ विश्वक्रान्तिको निम्ती पनि ।
२०१७ नोभेम्बर १० तारिखका दिन दिउसो लेनिनका योगदानहरुको चर्चा–परिचर्चा गर्ने, पुस्तक विमोचन कार्यक्रम पनि भयो र हाम्रो नेपाली टोलीबाट छानिएका लेखक÷पत्रकार र रुसी लेखक÷पत्रकारहरुलाई मिलाएर नेपाल–रुस लेखक÷पत्रकार मञ्चको गठन गर्ने काम पनि सम्पन्न भयो ।
यति नै हो १० दिने रुसी यात्राको विवरण । यसका अतिरिक्त वर्तमान रुसको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अवस्था र वातावरणको अध्ययन अवलोकन गर्ने, रुसमा विज्ञान र प्रविधिका क्षेत्रमा गरेको विकास र भौतिक समरचनाहरुको निर्माण, यातायात, शिक्षाः स्वास्थ्यका बारेमा पनि जानकारी लिने काम गरियो ।
रुसमा सोभियत मोडेलको समाजवादको पतन पश्चात सत्ताहिन हुन पुगेको बोरिस एल्तसिनको सरकारले लेनिनका देशभरका सबैजसो सालिकहरु भत्तकाई सकेको पाइयो भने स्टालिनको त कुनै नामो निसान नै नराखेर नष्ट पारेको पाइयो । अहिले रुसमा पुजीवादी अवस्था छ । रुसमा अहिले पनि करीब १० वटा कम्युनिष्ट पार्टीहरु रहेछन् । चुनावमा भाग लिएका कम्युनिष्ट पार्टीहरु पनि रहेछन् ।
कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसनले चुनावमा भाग लिने गरेको रहेछ । ४५० सिट रहेको रसियाली संसद दुमामा यो पार्टीले ४२ सिट जिती प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ ।
यस रुसी यात्राबाट मलाई प्रत्यक्ष रुपमा के अनुभूति भयो भने हाम्रो जस्तो अर्ध सामन्ती तथा नवऔपनिवेशिक मुलुक होस् वा पुजीवादी तथा साम्राज्यवादी मुलुकहरुमा क्रान्तिका निम्ति महान अक्टुबर क्रान्ति र लेनिनका विचार र योगदानहरु प्रेरणाका श्रोत हुन भन्ने कुरामा विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरु प्रतिबद्ध लाग्नु पर्छ सन्देश महान अक्टुबर क्रान्तिले दिएको छ । किन आजको युग साम्राज्यवाद र विश्वसर्वहारा क्रान्तिको युग हो, जुन युगको बारेमा महान लेनिनले १०० वर्ष पहिले संशलेषण गर्नु भएको थियो । त्यसको सान्दर्भिक आज पनि बदर गएको छ । किन महान् अक्टुबर क्रान्तिको सतवार्षिकी मनाउन रुसको लेनिनग्रादमा भेला भएका विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रतिनिधिहरुले विश्वबाट हराएका छैनन् कम्युनिष्टहरु भन्ने सन्देश प्रवाह गरेका थिए ।

प्रतिक्रियाहरु