ठूलो खतरा टर्यो: डा.सोमनाथ

२०७२ बैशाख १४ गते, सोमबार

काठमाडौं, १४ बैशाख । अस्ति शनिवार मध्यान्ह गएको भूकम्पको मूख्य धक्का पछि आज विहानसम्ममा ८३ वटा साना धक्काहरु गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका उपमहानिर्देशक डा.सोमनाथ सापकोटाले ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ७२ घण्टासम्म त्यसभन्दा साना ८- १० वटा धक्का जाने बताए । हामीसँग कुरा गर्दै सापकोटाले यस्तो बेला अरु अफवाहमा नलाग्न र आगामी २४ घण्टा सुरक्षित स्थानमा रहन आग्रह गरे ।
उनले नेपाल भूकम्पीय जोखिमका दृष्टिले उच्च जोखिममा रहेकाले सधै सतर्क रहनुपर्ने भएपनि तत्कालका लागि ठूलो खतरा टरेकाले नआत्तिई धैर्य गरी सुरक्षित स्थानमा रहन सुझाव दिएका छन् । अब आउने भूकम्पको झड्काको अन्तर लामो हुने र क्रमशः कम हुँदै जाने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु