ठमेल र दरबारमार्गमा रात्रि व्यवसाय सुरु

२०७२ श्रावण ३ गते, आईतवार

काठमाडौं, ३ साउन । ७ वर्षदेखि बन्द राजधानीको रात्रीकालिन व्यवसाय संचालन गर्न सरकारले सर्तसहित सैद्धान्तिक स्वीकृती दिएको छ । गृह मन्त्रालयले राजधानीका मुख्य व्यापारिक तया पर्यटकिय केन्द्र ठमेल र दरबारमार्गमा निर्वाध रात्रि व्यवसाय संचालनका लागि सर्तसहित अनुमति दिएको छ। गृह मन्त्रालयले २०६५ असोजमा राति ११ बजेपछि होटल, रेस्टुराँ तथा डान्सबार संचालनमा रोक लगाएको थियो ।

प्रतिक्रियाहरु