ठमेलमा पर्यटन महायज्ञ हुने

२०७१ चैत्र १० गते, मंगलवार

काठमाडौँ, १० चैत् । ठमेलमा इतिहासमै पहिलो पटक पर्यटन महायज्ञ हुने भएको छ । आगमी वैशाख २४ गते उद्घाटन हुने महायज्ञ ३१ गते सम्म सञ्चालन हुने बताईएको छ । पण्डित दिलबन्धु पोखरेलले बाचन गर्ने महायज्ञले धार्मिक पर्यटन प्रवर्दन गर्ने ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)का अध्यक्ष रामशरण थपलियाले बताए । उक्त महायज्ञले भारत लगायत देशका धार्मिक पर्यटक प्रवर्दनमा सघाउन पुग्ने उनको भनाई छ ।
पर्यटन महायज्ञमा हिन्दु धर्म मात्र नभएर अन्या धार्मिक गुरुहरुको पनि उपस्थित रहने र दैनिक फरक फरक धार्मिक गुरुको प्रवचन हुने छ, अध्यक्ष थपलियाले भने,‘यसले गर्दा कुनै पनि धर्मप्रति पक्षपात हुँदैन । धर्मसबै समान हुन् ।’
उक्त महायज्ञबाट उठेको रकम ठमेलको पुर्वाधार निर्माणमा खर्च गर्ने उनको दावी छ । यस अघि फागुन १० गतेदेखि सुरु हुने भनिएको महायज्ञ लैनचौर – बाजालु सडक निर्माणले गर्दा सुरु हुन सकेन,अध्यक्ष थपलियाले भने,‘उक्त समय सम्म बाटो निर्माण भईसक्ने भएकाले वैशाख तेस्रो साता पछि महायज्ञ गर्न लागेका हौं ।’ उनले थपे, महायज्ञका लागि एक साता पछि तिव्र प्रचार–प्रसारमा लाग्छौं ।
महायज्ञ सुरु भएसँगै कान्तिपथ चोकमा ठमेल प्रवेश गर्ने गेट निर्माणका लागि सिलान्यास हुने भएको छ ।
एक फरक प्रसङ्गमा अध्यक्ष थपलियाले पर्यटकका लागि सार्वजनि शौचालय निर्माणको काम अगाडी बढाउने बताए । ‘ठमेलमा सार्वजनिक शौचालयको अभावका कारण ठमेल घुम्न आउने पर्यटकले विभिन्न समस्या भोग्नु परेको भन्दै पर्यटको असुविधालाई मध्ये जनर गर्दै शौचालय निर्माण गर्न लागेका हौं,’थपलियाले भने,‘ यसअघि घुम्ती शौचालय सुरु गर्ने भने पनि ठमेलमा हुने भिड र बाटो साँघुरो भएकाले दुर्गन्ध हुनेहुँदा त्यो कामले प्राथमिकता पाउन सकेन् ।’
तत्कालका लागि सञ्चयकोष भवनमा रहेको शौचालयलाई प्रयोगमा ल्याउने र केही समयमा नै सतल पार्टीमा, पर्यटक सूचना केन्द्र र शौचालय निर्माण हुने अध्यक्ष थपलियाको भनाई छ । पर्यटन बोर्डले चालु आर्थिक वर्षमा परिषदलाई पर्यटन प्रवर्दन र भौतिक पुर्वाधार निर्माणका लागि ८५ लाख रुपैयाँ छुट्टयाएको छ, त्यसैले चाडै नै ठमेलमा उपभोक्ता समिति गठन गरेर भौतिक पुर्वाधार निर्माणको काम सुरु हुन्छ ।
ठमेल पर्यटन विकास परिषदमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । निवर्तमा अध्यक्ष समेत रहेको रामशरण थपलिया नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । थपलियाको नेतृत्वमा उपाध्यक्ष त्रय समीर गुरुङ, संघर्ष विष्ट र राजुमान डंगोल रहेका छन् ।
यस्तै महासचिवमा गोविन्त पन्त, सचिव गीता गुरुङ, कोषाध्यक्ष राजेश त्रिपाठी निर्विरोध चयन भएका छन् । सदस्यहरुमा तासी गुरुङ, हरि भेटवाल, देवेन गिरी, पुन्यराम लगेजू, रामकुमार लामा, सहदेव धमला, राजकुमार पाण्डे, दीपक नेपाल, भवि शर्मा र राजेन्द्र दुलाल रहेका छन् ।

प्रतिक्रियाहरु