ठग कन्सल्टेन्सी सन्चालक प्रहरीको फन्दामा

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौं, २० वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले क्यानडाको नक्कली भिसा लगाइ लाखौं रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सन्चालकलाई पक्राउ गरेको छ । महाशाखाले काठमाडौंको बसुन्धरास्थित प्रवल एजुकेसन कन्सल्टेन्सीका सन्चालक डेन्जिन लामालाई पक्राउ गरेको हो । पक्राउ परेका लामाले क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोप प्रहरीले लगाएको छ । उनले रामेछापका राजु श्रेष्ठ, देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की र भक्तपुरका रमेशकुमार केसीलाई क्यानाडा पठाइदिने भन्दै जनही १५ लाख रुपैयाँ माग गरेका थिए । क्यानाडा जान चाहने उनीहरुले पहिलोपटक ५० हजार बुझाएको र पछि लामाले नक्कली भिसा देखाएर बाँकी रकम माग गरेको प्रहरीले जनाएको छ । उनको कन्सल्टेन्सी शैक्षिक परामर्श केन्द्रमा दर्तासमेत नभएको भेटिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार