ट्वीटले ताज खोस्यो

२०७४ आश्विन १४ गते, शनिबार

काठमाडौं, १४ असोज । टर्कीकी ब्युटी क्वीनलाई एउटा विवादास्पद ट्वीट गर्नु निकै भारी सावित भएको छ। सन् २०१७ की मिस टर्कीलाई एउटा पूरानो ट्वीट संचार माध्यममा आएपछि उनको ताज खोसिएको हो । १८ वर्षीया मिस टर्की आइतिर एसेनले टर्कीमा गत वर्ष भएको सशस्त्र विद्रोहसँग सम्बन्धित एउटा पोस्ट शेयर गरेकी थिइन् । उनले उक्त पोस्टमा ‘सहिदहरुको’ रगतको चुलना पिरियडसको रगतसँग गरेकी थिइन् । सुन्दरी प्रतियोगिता आयोजकका अनुसार एसेनको उक्त ट्वीट ‘अस्वीकार्य’ छ । आयोजकले आइतिरलाई दिएको ताज फिर्ता लिने निर्णयको पुष्टि पनि गरेको छ । यता एसेनले इन्स्टाग्राममा त्यो ‘राजनीति’ नभएको बताएकी छन् ।
यो ट्वीट १५ जुलाईमा भएको सशस्त्र विद्रोहको वार्षिकीमा गरिएको थियो । सेनाद्वारा सत्ता प्राप्त गर्ने कोशिसमा करिब २५० जना मारिएका थिए । एसेनले आफ्नो ट्वीटमा भनेकी थिइन्–१५ जुलाईलाई उत्सवका रुपमा मनाउनका लागि आज मलाई पियरियड भइरहेको छ, मेरो यो रगतले सहिदहरुको रगत दर्शाउँछ ।
टर्कीका राष्ट्रपति रेचेप उर्दोआनले विद्रोहका क्रममा मारिएकाहरुलाई ‘सहिद’ भन्दै आएका छन् । सुन्दरी प्रतियोगिता आयोजक संस्थाले उनको उक्त ट्वीट बिहीबार इस्तानबुलमा भएको समारोहपछि गरिएको जनाएको छ। यसपछि उनको ट्वीटलाई पुष्टि गर्नका लागि र यसबारेमा निर्णय गर्न लामो समय बैठक चलेको थियो ।
बैठकपछि शुक्रबार आयोजकको तर्फबाट जारी वक्तव्यमा एसेनको ताज फिर्ता लिने निर्णय उल्लेख छ। वक्तव्यमा भनिएको छ–हामीलाई यसो भन्दै गर्दा दुःख लागिरहेको छ कि यो ट्वीट आइतिर एसेनले गरेकी हुन् । मिस टर्की आयोजक यस्ता पोस्टलाई बढावा दिन सक्दैन । हाम्रो उद्देश्य संसारलाई टर्कीसँग परिचित गराउनु र यसको छवि राम्रो बनाउनु हो ।
एसेनले सामाजिक संजालमा वक्तव्यमार्फत नै उसको उत्तर दिएकी छन् । उनले भनेकी छन्–म बताउन चाहन्छु कि १८ वर्षकी एउटी युवतीका रुपमा यो पोस्ट शेयर गर्नुमा मेरो कुनै राजनीतिक महत्वाकांक्षा थिएन । म आफ्नो देश र मातृभूमिको सम्मान गर्न सिक्दै हुर्केकी हुँ । उनले ‘भ्रम’को शिकार बनेकोमा माफीसमेत मागेकी छन्। एसेनको ताज खोसिएपछि अब मिस वर्ल्ड प्रतियोगितामा टर्कीको प्रतिनिधित्व गर्नका लागि प्रतियोगिताकी रनरअप आस्ली सुमेन चीन जानेछिन् ।
गत वर्ष टर्कीमा भएको विद्रोहपछि करिब १ लाख ५० हजार कर्मचारीलाई जागिरबाट निस्काशन गरिएको थियो । त्यति मात्र होइन ५० हजारभन्दा बढीलाई पक्राउसमेत गरिएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु