ट्वीटरले डाटा बेचेको खुलासा

२०७५ बैशाख २३ गते, आईतवार

काठमाडौं, २३ बैशाख । ट्वीटरले पनि डाटा बेचेको खुलासा भएको खुलेको छ । फेसबुक प्रयोगकर्ताका डाटाको चाेरीसम्बन्धी प्रकरण सेलाउन नपाउँदै ट्वीटरले पनि डाटा बेचेको खुलेको हो । माइक्रोब्लगिङ साइट ट्वीटरले क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको खुलासा भएको छ । द सण्डे टेलिग्राफको रिपोर्ट अनुसार ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको थियो । कोहोन त्यस समय क्याम्ब्रिज विश्वविद्यालयका मनोवैज्ञानिक शोधकर्ता थिए र उनको कम्पनीको नाम ग्लोबल साइन्स रिसर्च थियो । शोधकर्तालाई ट्वीटर प्रयोगकर्ताका डाटामाथि एक दिनको पहुँच उपलब्ध गराएबापत ट्वीटरले रकम लिएको थियो । त्यसक्रममा शोधकर्ताले सन् २०१४ को डिसेम्बर देखि सन् २०१५ को अप्रिल सम्मको अवधिका सार्वजनिक ट्विट्सको र्याण्डम स्याम्पल तयार गरेका थिए ।
यद्यपि, ट्वीटरले निजी सूचनाहरुसम्म पहुँच पुगेको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएको छ । यसैबीच, सन् २०१८ को पहिलो त्रैमासिकमा ट्वीटरको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा ट्वीटरले ६६ करोड ५० लाख डलर आम्दानी गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु