ट्रिपर व्यवसायी आन्दोलनमा

२०७५ श्रावण ४ गते, शुक्रबार

काठमाडौं, ४ साउन । सरकारले काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रवेश निशेध गरेको भन्दै धादिङका ट्रिपर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । व्यावसायीले विरोध स्वरुप आज धादिङका सडक राजमार्गमा प्रदर्शनसमेत गरे। भर्खरै काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारले नियम बनाएको छ । तर ट्रिपर चालकहरुले भने यसको विरुद्ध विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका थिए । धादिङका ८३ वटा ट्रिपर राजमार्ग छेउमा राखेर चालकहरुले प्रदर्शन गरेका हुन् । अन्य सवारी साधनजस्तै प्रक्रिया पुर्‍याएर दर्ता भएका ट्रिपरलाई रातिमा मात्र चलाउन दिनु न्यायसंगत नभएकाले आन्दोलनमा उत्रिएको सवारी चालक समाजका अध्यक्ष नारायणप्रसाद पन्तले बताए ।

प्रतिक्रियाहरु