ट्राफिकको कारबाहीबाट चौध करोड राजस्व सङ्कलन

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७१÷७२ मा रु १४ करोड ६९ लाख ८६ हजार ६६० राजस्व सङ्कलन गरेको छ ।
आव २०७१÷७२ मा मादक पदार्थ सेवन, निषेधित क्षेत्रमा गरेको पार्किङ, सवारी इजाजतपत्रलगायतका क्षेत्रबाट सो राजस्व उठाइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले गत आवमा पाँच लाख ५९ हजार ६२४ सवारी साधनलाई नियन्त्रणमा लिई सम्बन्धित चालकलाई कारबाही गरेर सो रकम सङ्कलन गरिएको बताए ।
यसैगरी ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३६ हजार ६५ जनालाई समातेको छ । जसमा ३५ हजार ६३६ जनालाई कारबाही गरेको छ । यस्तै ३१ हजार ८२४ जनाको सवारी अनुमतिपत्र (लाइसेन्स) प्वाल पारेको छ भने ५४५ जनालाई मुद्दा चलाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु