ट्रम्प र बेलायती नेताबीच आरोप प्रत्यारोप !

२०७६ असार २५ गते, बुधबार

काठमाडौं , २५ असार । अमेरिकाका लागि बेलायती राजदूतको इमेल सार्वजनिक भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ । बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र प्रधानमन्त्री टेरिसा मेप्रति ‘अनादर’ देखाएको बताएका छन् ।
इमेल सार्वजनिक प्रकरणलाई लिएर वाशिङ्टनका लागि बेलायती राजदूत सर किम डार्कलाई ट्रम्पले पटमुर्ख मानिस भनेपछि हन्टको प्रतिक्रिया आएको हो ।
ट्रम्प प्रशासन प्रभावकारी नरहेको भनी टिप्पणीसहितका इमेलहरू सार्वजनिक भएपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका थिए । उनले युरोपेली सङ्घबाट ब्रिटेन औपचारिक रूपमा बाहिरिने ब्रेक्जिट प्रक्रिया सम्हाल्ने प्रधानमन्त्री मेको तौरतरिकाको पनि आलोचना गरेका थिए ।
आफ्ना सुझावलाई मेले बेवास्ता गरेको र ‘मुर्ख्याइँको बाटो’ अवलम्बन गरेको ट्रम्पको टिप्पणी थियो । यसै विषयलाई लिएर यी दुवै देशबीच आराेप-प्रत्याराेप जारी छ ।-एजेन्सी

प्रतिक्रियाहरु