ट्रम्प भारत भ्रमणमा

२०७६ फाल्गुन १२ गते, सोमबार

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् । राष्ट्रपति ट्रम्प सोमबार बिहान ११ बजेर ४० मिनेटमा भारत आइपुग्नेछन् । भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्न पाउँदा आफु अत्यन्तै खुसी र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भएको प्रतिक्रिया दिँदै आफु भारतका लाखौं जनतालाई भेट्न आँतुर भएको बताएका छन् । यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्प भारत भ्रमणमा निस्किँदै गर्दा आफु ट्रम्पलाई भारतीय भूमीमा स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।
अहमदावादमा आयोजित कार्यक्रमपछि राष्ट्रपति ट्रम्प नेतृत्वको टोली आगरा पुग्नेछ, जहाँ उनको परिवारले ताजको मुकुट लगाउने कार्यक्रम तय भएको छ । करिब ५० मिनेटको ताजमहलको अवलोकनपछि राष्ट्रपति ट्रम्प नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नयाँदिल्लीमा रहँदा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्धिपक्षीय वार्ता हुनेछ ।

प्रतिक्रियाहरु