ट्रम्प–किम जोङबीचको वार्ता सम्पन्‍न

२०७५ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वान टु वान वार्ता सम्पन्न भएको छ । उक्त वार्ता करिब ५० मिनेटसम्म वार्ता चलेको थियो । वार्तापछि ट्रम्प र उन दुबै हँसिलो मुद्रामा बाहिर निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन् । एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग किमसँग एकदम राम्रो सम्बन्ध हुने अपेक्षा गरेको बताएका थिए । ट्रम्पले वार्ता सफल हुने विश्वास लिएका थिए ।
त्यसैगरी किम जोङले अनेकौँ अप्ठ्याराहरूका साथ वार्तामा पुगिएको बताएका थिए । वार्ताको सुरक्षा नेपाली गोर्खा सैनिकले गरेका थिए । करिब १५ गोर्खा सैनिक सिंगापुर सरकारले परिचालन गरेको थियो । पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका थिए । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे ।
त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए । कोरियामा जारी द्वन्द्वको शान्तिपूर्ण रुपमा व्यवस्थापन गर्न नेता सहमत भएको बताइएको छ । वार्तामा के सहमति भयो भन्नेबारे औपचारिक रुपमा केही जानकारी गराइएको छैन ।

प्रतिक्रियाहरु