ट्रम्प किमसँग वार्ता गर्न सिंगापुरतर्फ

२०७५ जेष्ठ २७ गते, आईतवार

काठमाडौं, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा आउने स्टील र अल्मुनियममा लगाइएको आयात करका विषयमा पुनर्विचार गरिने बताएका छन् । क्यानडाको क्यूबेकमा भएको औद्योगिक देशहरुको संगठन जी सेभेनको बैठकमा स्टील र अल्मुनियममा अमेरिकाले लगाएको आयात करप्रति अरु मुलुकले आपत्ति जनाएका थिए ।
उक्त कर फिर्ता गर्नुपर्ने जस्ता विषयमा सहमति नबनेपनि ट्रम्पले भने आफूले कर अन्त्य गर्ने प्रस्ताव राखेको जानकारी दिएका हुन । कर लगाएमा मित्र देशहरु असन्तुष्ट बनेको स्वीकार्दै ट्रम्पले अरु विषयमा भएका छलफल निकै फलदायी बनेको पनि जिकिर गरे । अमेरिकाले स्टीलमा २५ र अल्मुनियममा १० प्रतिशत आयात कर लगाएपछि क्यानडा, जापान, जर्मनीलगायतका देशले आपत्ति जनाएका छन् ।
यद्यपि, जी सेभेनका मुलुकका नेताले बैठकको अन्त्यमा साझा विषयमा भएका छलफल समेटेर प्रेस वक्तव्य निकालेका छन् । बैठक सकाएर ट्रम्प सिंगापुरतर्फ प्रस्थान गरेका छन् । जहाँ ट्रम्पले कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा ऐतिहासिक वार्ता गर्दै छन् । -एजेन्सी

प्रतिक्रियाहरु