ट्रम्पविरुद्ध दुई वटा महाअभियोग !

२०७६ मंसिर २८ गते, शनिबार

काठमाडौं २८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाअभियोग लगाइने भएको छ । अमेरिकी संसदको महाअभियोग छानविन समितिले राष्ट्रपति ट्रम्पविरुद्ध दुईवटा महाअभियोगको आरोपलाई अनुमोदन गरेको छ । समितिले अनुमोदन गरेसँगै उक्त प्रस्तावलाई पूर्ण मतदाका लागि सदनमा पेश गर्ने बाटो खुलेको हो । उक्त प्रस्ताव संसदको तल्लो सदनमा अर्को हप्ता मतदान हुन अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने ट्रम्प चौथो राष्ट्रपति बनेका छन । राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनविरुद्ध छानविन गर्न दवाव दिएको आरोप लगाइएको छ । अमेरिकामा विदेशीको सहयोगमा चुनावी प्रतिष्पर्धा गर्नु गैरकानुनी मानिन्छ ।-एजेन्सी

प्रतिक्रियाहरु