ट्रम्पद्वारा रुसको बचाउ

२०७५ श्रावण १ गते, मंगलवार

काठमाडौं, १ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गरेका छन् । फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताकाक्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको भनाइविपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै कारण नभएको बताएका हुन् ।
रुसी राष्ट्रपति पुटिनले पनि अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको दोहोर्‍याए । दुई नेताबीच दुई घन्टासम्म एक्लाएक्लै वार्तासमेत भएको थियो । वार्तापछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले हस्तक्षेप गर्ने कुनै कारण नदेखेको बताए । रुसी राष्ट्रपति पुटिनले अमेरिकी अनुसन्धानकर्तालाई रुसमा आएर अधिकारीहरुसँग सोधपुछ गर्न प्रस्ताव गरेका छन् । यसको बदलामा अमेरिकामा कुनैपनि आपराधिक गतिविधिका संदिग्धसँग सोधपुछ गर्न यस्तै अधिकार दिइनुपर्ने पनि पुटिनको प्रस्ताव छ ।
एफबीआई र अमेरिकी गुप्तचार एजेन्सीले भने अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिस्पर्धी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध माहोल बनाउन रुसी संलग्नता रहेको र यसका लागि सामाजिक सञ्जालमा झुटो समाचार फैलाउनेदेखि साइबर आक्रमण गर्न रुसी सरकारको अनुमति लिएर अभियान चलाएको निष्कर्षमा पुगेका थिए ।

यता, वरिष्ठ रिपब्लिकन सीनेटर लिन्ड्से ग्राह्मले ट्रम्पले रुससँग अमेरिका कमजोर बनेको संकेत दिएको भन्दै सन् २०१६ को चुनावका लागि रुसलाई जवाफदेही बनाउन र आगामी चुनावका सम्बन्धमा कडा चेतावनी दिने मौका गुमाएको प्रतिक्रिया दिएका छन् । (एजेन्सी

प्रतिक्रियाहरु