ट्रम्पद्वारा पुटिनसँग प्रस्तावित वार्ता रद्द

२०७५ मंसिर १४ गते, शुक्रबार

काठमाडौ, १४ मंसिर । युक्रेन र रुसबीच विवाद बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन् । ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको वार्ता रद्द गरेको बताए । उनले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने स्पष्ट पारे । गत आइतबार क्राइमिया प्रायःद्वीपमा रुसी सेनाले युक्रेनको जहाजमाथि फायरिङ गर्र्दै नियन्त्रणमा लिएको थियो ।
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले पनि यो घटनामा रुस जिम्मेवार रहेको आरोप लगाएकी छन् । उनले जी–२०सम्मेलनमा रुसी राष्ट्रपतिसमक्ष यो कुरा राख्नेसमेत बताइन् । जी–२०सम्मेलन शुक्रबार अर्जेन्टिनामा सुरु हुँदै छ । -एजेन्सी

प्रतिक्रियाहरु