ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

२०७५ भाद्र २२ गते, शुक्रबार

काठमाडौं, २२ भदौ । गएराति चितवनमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–३ स्थित झुरझुरेमा राति ८ः३५ बजेको समयमा ना३ख ८५३९ नम्बरको ट्याङ्करले ग५प ६२६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकलमा सवार दुवै जनाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बारा जितपुर–१६ बस्ने ३८ वर्षीय प्रेमबहादुर मोक्तान, मकवानपुर छतिवन–४ बस्ने ३४ वर्षीय सुकमान सेङतान छन् । ठक्कर दिने ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु