ट्याक्सी व्यवसायीको प्रदर्शन : ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’

२०७७ असार १६ गते, मंगलवार

काठमाडाैं, १६ असार । सरकारले अहिलेकै स्वरुपमा आउँदो साउन ७ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेपछि काठमाडाैंका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् । अहिले उनीहरुले नयाँबानेश्वर-तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी समेत गरेका छन् ।
ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । यतिका लामो समयसम्म आफूहरुले जिम्मेवार बनेर नै सरकारलाई सघाइरहेको तर, अब हात–मुख जोड्ने विकल्प नै हराएपछि वाध्य भएर व्यवसाय चलाउनु पर्ने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार