टोखामा गोली चल्यो

२०७६ जेष्ठ ६ गते, सोमबार

काठमाडौं , ६ जेठ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर तामाङलाई पक्राउ गरेको हो । उनको दायाँ खुट्टाको घुडामा गोली लागेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिएका छन् । घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ ।
थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो । नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थापाले बताए । सिन्धुपाल्चोकको मेलम्चीका तामाङ ६ वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन् । जेल सजायँ भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार