टेलिकमले १० प्रतिशत छुट दिने

२०७१ आश्विन १३ गते, सोमबार


काठमाडौं । नेपाल टेलिकमले आफ्नो नेटवर्कभित्र दशैतिहारमा हुने सबै कलको महसुलमा १० प्रतिशत छुट दिने भएको छ । टेलिकमले असोजदेखि २१ गतेसम्म र कात्तिक ४ गतेदेखि १३ गतेसम्म एसएमएस सेवामा पनि ५० प्रतिशत हुने दिने जनाएको छ ।
यो अवधिमा जिएसएम तथा सिडिएमए पोष्टपेड मोवाइलबाट प्रतिमिनेट ९० पैसा र जिएसएम तथा सिडिएमए प्रिपेड मोवाइलबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसामा कल गर्न सकिनेछ भने कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस सकिनेछ ।
यस्तै जिएसएम तथा सिडिएमए डाटा सेवाको महसुलमा पनि छुट हुनेछ । जिएसएम सेवाको महसुल ५० पैसा प्रति एमबी तथा सिडिएमए इभिडिओ सेवाको ४० पैसा प्रति एमबी कायम गरिएको टेलिकमले जनाएको छ ।
यस्तै दसैँको अवधिमा एडिएसएल तथा वाईम्याक्स सेवाका ग्राहकलाई अधिकतम ३ जिबी डाटा थप गरिनेछ । टेलिकमले यसअघि घटस्थापनादेखि प्रत्येक पटक रिचार्ज गर्दा १० देखि २० प्रतिशतसम्म बोनस दिइरहेको छ ।विगतमा दसैँमा घटस्थापनादेखि नै टेलिकमले छुट दिने गरेको भएपनि यो पटक टेलिकममा इन्जिनियरहरुको आन्दोलनका कारण ढिलो भएको हो ।

प्रतिक्रियाहरु