टेलिकमद्वारा विन्टर अफर ‘पोष्टपेड प्याक’ सार्वजनिक

२०७६ माघ १० गते, शुक्रबार

काठमाडाैँ, १० माघ । नेपाल टेलिकमले विन्टर अफर अन्तर्गत ‘पोष्टपेड प्याक’ सार्वजनिक गरेको छ । भ्वाइस, डाटा र एसएमएस सहितको तीनवटा कम्बो प्याक सार्वजनिक गरेको छ । टेलिकमका पोष्टपेड ग्राहकले पाँचसय रुपैयाँमा तीस दिनको लागि तीनसय ९० मिनेट नेट टक टाइम, सय मिनेट अल नेट टक टाइम, ५०० एमबी डेटा र सय एसएमएस प्राप्त गर्न सक्ने छन् । यो प्याक खरिद गर्नको लागि ऋइःद्यइछण्ण् टाइप गरी १४१५ मा एमएमएस पठाउन सकिने छ ।
त्यसैगरी आठसय रुपैयाँमा तीस दिनको लागि ६ सय ५० मिनेट नेट टक टाइम, सय मिनेट अल नेट टक टाइम, एक जीबी डाटा र दुईसय एसएमएस पाउने छन् । । यो प्याक खरिद गर्नको लागि ऋइःद्यइडण्ण् टाइप गरी १४१५ मा एमएमएस पठाउन सकिने छ ।
त्यस्तै १२ सय रुपैयाँमा तीस दिनको लागि एकहजार मिनेट नेट टक टाइम, एकसय ५० मिनेट अल नेट टक टाइम, २.५ जीबी डाटा र तीनसय एसएमएस प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु