टेलिकमको विशेष अफर सुरु

२०७४ आश्विन ६ गते, शुक्रबार

काठमाडौं , ६ असोज । नेपाल टेलिकमले दशैंको अवसरमा ग्राहकहरुका लागि विभिन्न बोनस तथा छुट योजना ल्याएको छ । टेलिकमले रिचार्ज, युट्युव डाटा प्याकेज, कम्बो प्याक, लगायतमा विशेष छुट योजना ल्याएको हो । जसअनुसार जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनस पाइने भएको छ । सो योजना असोज ५ देखि १० गतेसम्म लागू हुनेछ । यस्तै १० रुपैयाँभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ । टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्बो प्याक ल्याएको छ । जसअनुसार कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।
त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिनका लागि उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्तै कम्बो प्याकेज अन्र्तगत ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा १ सय १० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १ सय ५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३ सय ६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम उपलब्ध हुनेछ । यो सेवा ३० दिन लिन सकिनेछ ।
यो सेवा भोलीदेखि १९ गतेसम्म लिन सकिनेछ । २१ दिनभित्र प्रयोग गर्न मिल्ने गरी जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । ल्याण्डलाईन फोनमा पनि थप १ सय कल बोनस दिएको टेलिकमले एडीएसएल र वाईम्याक्समा पनि सेवाअवधि थप गरेको छ भने एसएमएसमा ५० प्रतिशत छुट गरेको छ । दशैंको छुटमा फोरजी सिम समेत निस्शुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु