टेलिकमको नयाँ अफर सुरु

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं ,१ बैशाख । नेपाल टेलिकमले नयाँ वर्षको अबसरमा नयाँ अफर ल्याएको छ । ‘नयाँ वर्ष अफर २०७५’ अन्तरगत सस्तोमा इन्टरनेटमा रमाउन सकिने भएको छ । अफरमा ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम र सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् ।
जिएसएमरसिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । यो प्याक १०० रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।
अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएमरसिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ ।
त्यस्तै, टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत २०० रुपैयाँमा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३०० रुपैयाँमा २५ जिबी डाटा र ४०० रुपैयाँमा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत ७०० रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । यो अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार