टिचिङ हस्पिटलको चरम लापारवाही

२०७४ माघ ६ गते, शनिबार

काठमाडौँ, ६ माघ । आइसियूमा राखेर उपचार गर्नुपर्ने जाजरकोटका एक विरामीलाई शिक्षण अस्पतालले लामो समय देखि इमरजेन्सीमा राखिरहेको छ । जाजरकोट भेरी नगरपालिका ९ वान्नीका राम बहादुर कार्कीलाई ३१ घण्टादेखि इमर्जेन्सीको रेड एरियाको १७ नम्बर बेडमा राखिएको उनका आफन्तले जनाएका छन । नशासम्बन्धि बिरामि उनलाई नेपालगञ्जबाट ३ घण्टामा कि त लखनउ कि त काठमान्डौं लिएर अप्रेशन गर्नुपर्ने भनेपछि लखनउमा अप्रेशन गरेर उपचार भएको एकहप्ता पछि काठमान्डौंमा ल्याएका विरामी कार्कीलाई नियमित आइसियुमा राख्नुपर्ने भएपनि अस्पतालले वास्ता नगरेको उनिहरुको बताएका हुन ।
आइसियुमा राख्नुपर्ने विरामीलाई ३ घण्टा भन्दा बढि इमर्जेन्सीमा राख्न नहुने नियम हुदाहुदा अस्पतालाले गरिवको स्वास्थ्यमा खेलवाड गरिरहेको छ । अस्पतालमा आइसियुको व्यवस्था हुदाहुदैपनि आफुहरुलाई वास्ता नगरेको भन्दै विरामीका आफन्तले पत्रकारलाई गुहारिरहेका छन । अस्पताल प्रशासनसँग सम्पर्क गर्दा आज बिदाको दिन भएकाले कोहि नआएको भन्ने जवाफ कर्मचारीले दिएका छन् । प्रशासन प्रमुखसँग मोबाईलमा पटक पटक सम्पर्क गर्दा पनि उठेन । यतिसम्म कि हस्पििटलको इमरजन्सिमा सम्पर्क गर्दा पनि बिदाको दिन भएकाले इमरजन्सि ईन्चार्ज नआएको जवाफ आयो । बिरामिलाई किन बेवास्ता गरियो भन्ने प्रश्नमा बुझेर जवाफ दिन्छो भनेर पुन सम्पर्कमा नै आउन चाहेनन् ।

प्रतिक्रियाहरु