टर्की र रुसबीच क्षेप्यास्त्रसम्बन्धी सम्झौता

२०७४ भाद्र २८ गते, बुधबार

काठमाडौं, २८ भदौ । टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताए । रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने छ ।
नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य क्षमता रहेको छ । यता,अमेरिकाले टर्की र रुसबीचको सम्झौताको विरोध गरेको छ । अमेरिका र यूरोपसंग सम्बन्ध चिसिए पछि टर्कीले रुससंग नजिकिने प्रयास गरेको छ । अमेरिकाले कुर्द विद्रोहीलाई सैन्य सहयोग गरेको भन्दै एर्दोगान सरकारले आपत्ति जनाउंदै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु