टर्कीविरुद्ध ट्रम्प

२०७५ भाद्र ५ गते, मंगलवार

काठमाडौं , ५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पादरीको विषयमा टर्कीविरुद्ध लिएको अडानबाट पछाडि नहट्ने बताएका छन् । टर्कीले गलत गरिरहेको भन्दै ट्रम्पले सहमतिको सम्भावना नदेखिएको पनि बताए । अमेरिकी धर्मगुरु एन्ड्रयु बु्रसनलाई थुनामा राखेको भन्दै ट्रम्पले टर्कीमाथि करका दर बढाएपछि दुई मुलुकको सम्बन्ध चिसिएको छ ।
इजरायलको नियन्त्रणमा रहेका एक जना टर्कीस नागरिकलाई छोड्न अमेरिकाले पहल गरे ब्रुसन छोडिन सक्ने ट्रम्पको विश्वास छ ।
ब्रुसनले टर्कीस राष्ट्रपति अर्दोगान विरुद्ध कुनै पनि षड्यन्त्र नगरेको जिकिर गर्दै आएका छन् । टर्कीबाट आयात हुने आल्मुनियम र स्टीललमा कर बढाए पछि टर्कीको मुद्रा लीरामा भारी गिरावट आएको छ । जवाफमा टर्कीले अमेरिकाबाट आयात हुने विभिन्न वस्तुमाथि १ सय २० प्रतिशतसम्म कर बढाएको छ ।
राष्ट्रपति अर्दोगान विरुद्ध षड्यन्त्र रचेको आरोप लागेका धर्मगुरु फेतुल्लाह गुलेनलाई सुपुर्दगी गर्न पनि टर्कीले अमेरिका समक्ष आग्रह गर्दै आएको छ । तर अमेरिकाले आग्रह स्वीकार गरेको छैन ।-एजेन्सी

प्रतिक्रियाहरु