टर्कीले रुसको लडाकू विमान खसाल्यो

२०७२ मंसिर ८ गते, मंगलवार

काठमाडौं, ८ मंसिर । टर्कीको लडाकू विमानले सिरियाको सीमा क्षेत्रनजिकको आफ्नो हवाई क्षेत्रमा रुसी लडाकू विमानलाई खसालिदिएको छ । टर्कीको ‘एफ–१६’ले बिना अनुमति आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै सो रुसी ‘एसयु–२४’ विमानलाई खसालेको सैनिक अधिकारीले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
विमानमा आक्रामण गर्नुअघि पाइलटलाई पाँच मिनेटको अवधिमा १० पटक चेतावनी दिइए पनि अटेर गरेपछि खसालेको टर्कीले स्पस्ट पारेको छ । रुसी रक्षा मन्त्रालयले पनि लडाकू विमान खसेको पुष्टि गरेको छ । टर्कीको एक स्थानीय टेलिभिजनले एक लडाकू विमान आगो लागेर झरिरहेको दृश्य प्रसारणसमेत गरेको छ । सो विमान उत्तरी सिरियाको टर्किस सीमा नजिक ‘टर्कमेन माउन्टेन’ भन्ने ठाउँमा खसेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु