टर्कीमा सयौ सञ्चारमाध्यममाथि प्रतिवन्ध

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाडौँ, १३ साउन । टर्कीमा १ सय ३१ सञ्चारमाध्यममाथि प्रतिवन्ध लगाइएको छ । दुई हप्ताअघि भएको असफल सैनिक ‘कु’ को प्रयासलाई साथ दिएको आरोपमा टर्की सरकारले १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ ।
समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक गरी १ सय ३१ वटा सञ्चारमाध्यम बन्द गराएको वीवीसीले लेखेको छ । अन्तर्राष्ट्रिय समाचार सस्थाका अनुसार सरकारले तीन वटा समाचार संस्था, १६ वटा टेलिभिजन, ४५ वटा दैनिक पत्रिका तथा १५ म्यागजिन बन्द भएका छन् ।
यस्तै २९ वटा प्रकाशन संस्था पनि बन्द गरिएको छ । त्यस्तै ४७ जना पत्रकारलाई पक्राउ गर्न आदेश दिएको छ भने ४२ जनाविरुद्ध वारेन्ट जारी गरेको छ । सत्ता कब्जाको प्रयासका क्रममा कम्तिमा २ सय ४६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु