टर्कीमा संकटकाल अन्त्य

२०७५ श्रावण ३ गते, बिहीबार

काठमाडौं, ३ साउन । टर्की सरकारले विगत दुई बर्षदेखि मुलुकभर जारी संकटकालीन अवस्था अन्त्यको घोषण गरेको छ । राष्ट्रपति रिसेप तैयप अर्दोआन राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि संकटकालीन अवस्था अन्त्यको घोषणा गरिएको हो ।
यद्यपि सरकारले तीनदेखि सात महिनाको समीक्षापछि फेरी संकटकालीन अवस्था लगाउने या नलगाउने भन्ने बारेमा निर्णय लिइने पनि जनाएको छ । संकटकालीन अवस्थाको दौरान एक लाख भन्दा बढि व्यक्तिहरुलाई जागिरबाट पनि बर्खास्त गरिएको थियो । अहिले पनि झण्डै पचास हजार व्यक्ति थुनामा रहेको अन्तर्राष्ट्रि संस्थाहरुले बताएका छन् । थुनामा रहेका व्यक्तिहरुलाई अमेरिकामा निर्वासित इस्लामिक नेता फतेउल्लाहा गुलेनको समर्थक रहेको आरोप लगाइएको छ ।
सन् २०१६ मा भएको एक असफल सैन्य विद्रोहमा संसदलाई कब्जा गर्ने प्रयास गरिएको थियो । त्यसक्रममा झण्डै २ सय ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको थियो । चुनावी दौरानको क्रममा विपक्षी उमेद्वारहरुले पनि संकटकालीन अबस्थाको अन्त्य गर्ने विषयलाई मुद्दा बनाएका थिए ।-एजेन्सी

प्रतिक्रियाहरु