प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि

२०७५ आश्विन ८ गते, सोमबार

काठमाडौं , ८ असोज । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि भोलि असोज ९ गते बहस हुने भएको छ । आइतबबार मिसिल अध्यायन गर्न समय नपुगेको निवेदक पक्षका वकिलले बताएपछि बहसका लागि पेसी चढेन । आज काठमाडौंमा ईन्द्रजात्रा पर्व परेकोले उपत्यकामा सार्वजनिक बिदा दिइएकोले सोमबार पनि बहस नहुने भएको हो । नेता प्रकाण्डलाई आइतबारैै उदयपुरबाट विराटनगर हुँदै आन्तरिक विमानमार्फत राजधानीस्थित सर्वोच्च अदालत ल्याइएको थयो । उदयपुरमा उनीमाथि बम विष्फोटको अभियोग लगाइएको छ ।
यसअघि दाङमा लगाइएको विष्फोटक पदार्थ र कर्तव्य ज्यानको अभियोगमा निर्दोष ठहर भई सर्वोच्चको आदेशमा रिहा भएका उनलाई सोही दिन भदौ २९ गते अदालत परिसरबाटै गिरफ्तार गरी उदयपुर लगिएको थियो । आइतबार उनलाई काठमाडौंको दरबारमार्ग प्रहरीमा राखिएको छ । सरकारी वार्ता टोलीले उनलाई रिहा गरेर वार्ताको वातावरण बनाउनुपर्ने बताइरहेको अवस्थामा मंगलबारको बहस र सुनुवाईपछि कस्तो परिरस्थिति बन्छ त्यो हेर्न शुभचिन्तक, सर्मथक, नेता–कार्यकर्ता गम्भीर चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु