टमाटर महंगो भएपछि …

२०७६ मंसिर ५ गते, बिहीबार

काठमाडौं । पाकिस्तानमा एक बेहुलीले गोलभेडाको माला र गहना लगाएर भाइरल भएकी छन् । गोलभेडाको भाउ बढेर ३०० रुपैयाँ प्रतिकलो पुगेपछि पाकिस्तान लाहोरकी ती युवतीले व्यंग्य वा प्रतीकात्मक विरोधस्वरुप यसो गरेकी हुन् । दैनिक भान्सामा प्रयोग हुने गोलभेडा महंगो हुँदै जाँदा उनले सुनको सट्टामा प्रयोग गरिन्, हात, घाँटी, निधार, कानमा गहनाको रुपमा । उनको यो हर्कतका फोटा र भिडियोहरु अहिले समाजिक सञ्जालमा भाइरल भइरहका छन् । आफ्नो विवाहमा सिँगारिने क्रममा ती युवतीले गोलभेडाको झुम्का, शिरबन्दी, हातका बालालगायत गहनाको रुपमा लगाएको भिडियोमा देखिन्छ । पाकिस्तानमा निरन्तर बढिरहेको महंगी र खस्किँदो अर्थव्यवस्थाप्रति व्यंग्य गर्न आफूले यसरी गोलभेडाको माला र गहना लगाएर ध्यानाकर्षण गराएको उनको दाबी छ । -एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु