झोला – कुन्साङ कान्छा

२०७५ कार्तिक १७ गते, शनिबार

खहरेको पुलमाथी
छोइगु बलले खुशुक्क खिचेको
निम्सरो देखिने तस्बिरमा
एउटा झोला छ
झोलाको गौरबशाली बिगत छ
क्रुर बर्तमान छ
उज्यालो भबिस्यको मार्गचित्र छ
प्रचण्ड पथिय गद्दारहरुको
गुप्त योजनामा
मेरो हत्या गर्ने षड्यन्त्रको
एक थान तानाबाना
बदलाको पोको छ
तादिखोला रङ्ग्याएर
धर्तिमा जुन बाल्ने
सपनाको खोजी गर्ने
मेरो प्रिय् प्रिय कमरेड निरबको
हत्याको बदला लिने
शपथका डायरीहरु छ
आफ्नै जिबनमा भोगेको
प्रतिक्रान्तिको विरुद्ध
बिद्रोहको दस्तावेज छ
त्यसैले
त्यसैले
यो झोलाको इतिहास छ
बर्तमान छ
टुकुचामा थुतुनो गाडेर
शिकार खोज्ने शुङ्गुरहरुको
एक थान भोगाइको लेखौट छ
देशको सिमाना मेटाएर
देशभक्तिको डम्फु बजाउने
कपुतहरुको चेहाराको तस्बिर छ
सेनहरुको बलिदानमा
बेबिलोन दरबारमा बस्दै
माधब घिमिरेको महिमागान गाउने
नन्दे पुनहरुको कुरुप तस्बिर छ

प्रतिक्रियाहरु